माधव नेपालले पाउँदै आएको शंकाको लाभको राजनीतिक स्थान समाप्त भयो : बाँस्कोटा

काठमाडौं, ३ बैशाख । नेकपा (एमाले) का प्रभावशाली नेता, सांसद तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले माधव कुमार नेपालले पाउँदै आएको शंकाको लाभको राजनीतिक स्थान समाप्त भएको टिप्पणी गरेका छन् । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको पक्षमा पार्टीका चार जना सांसदले ह्वीप उल्लंघन गर्दै विश्वासको मत दिएपछि नेता बाँस्कोटाको यस्तो प्रतिक्रिया आएको हो । […]