धनगढीमा सुरु गरिएको ‘ड्रिम फाप्ला’ अभियानले सार्थकता पाउँदै गएको छ । सरकारले धनगढीमा क्रिकेट रङ्गशाला निर्माण गर्न फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार विकास समिति गठन गरेसँगै उक्त अभियान सुरु गरिएको थियो । फाप्ला मैदानलाई अन्तर्राष्ट्रिय क्रिकेट मैदानका रुपमा विकास गर्ने लक्ष्यका साथ विगतमा सुभाष शाहीको नेतृत्वमा ‘ड्रिम फाप्ला’ अभियान सुरु गरिएको थियो । उक्त अभियानका अभियन्ता शाहीलाई नै सरकारले फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको