काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले कर्णालीमा दलीय प्रकृयाको लक्ष्मणरेखा उल्लङ्घन गरेपछि माधव नेपालले पाउँदै आएको शंकाको लाभको राजनीतिक स्थान समाप्त भएको बताएका छन् । शुक्रबार कर्णाली प्रदेशमा माधव पक्षधर ४ सांसदले फ्लोर क्रस गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई समर्थन गरेलगत्तै नेता बाँस्कोटाले सो प्रतिक्रिया दिएका हुन् ।बाँस्कोटाले अब नेपालले माओवादी समर्थन झिक्न र अविश्वास प्रस्ताव एकसाथ राख्न लगाउने विकल्प बाँकी रहेको जनाउँदै त्यसलगत्तै कारवाही खाएर बाटा लाग्नुपर्ने बताए