दाङ । राष्ट्रिय जनमोर्चा दाङ देउखुरीको ‘वार्ड वार्डमा सभा, टोल टोलमा समिति’ अभियान अन्तर्गत घोराही उपमहानगरपालिका वडा नम्बर १० को सौरिकुलामा टोल समिती गठन गरिएको छ ।
पार्टीका जिल्ला अध्यक्ष गणेश आचार्य र नगर कोषाध्यक्ष चन्द्रबहादुर रावतको उपस्थितमा समिति गठन भएको हो ।
समितिको अध्यक्षमा ऋषिराम विक, उपाध्यक्ष तारासिंह आग्री, सचिव सिबा विक र कोषाध्यक्ष मिनु विक चयन हुनुभएको छ । सदस्यहरुमा पूर्णबहादुर विक, यमबहादुर विक, गौरब विक, पदमबहादुर विक, छलिमाया विक लगायत रहनु भएको छ ।
उक्त समितिको बैठकले आफ्नो टोलमा व्यापक संगठन विस्तार गर्ने र माघ २६ गते दिउँसो ३ बजे सौरिकुला चोकमा गणतन्त्र, धर्मनिरपेक्षता र राष्ट्रियताको रक्षा, ओली सरकारको असंवैधानिक कदम, भ्रष्टाचार र संघीयताका विरुद्ध विरोध सभा गर्ने निर्णय गरेको छ ।