शंकरप्रसाद पोख्रेल, गुल्मी ।
राष्ट्रिय जनमोर्चा कालीगण्डकी गाउँपालिकाको वडा नं.५ फोक्सिङ खानिमा टोल समिति गठन भएको छ । आज सम्पन्न भेलाले पदम श्रीषको अध्यक्षतामा १३ सदस्यीय समिती गठन गरेको हो ।
समितिको सचिवमा हरि पुन र कोषाध्यक्षमा मिनादेवी श्रीष चयनहुनु भएको छ । सदस्यहरुमा घनसिंह काउचा, रुमबहादुर बुढाथोकी, दिपक पुन, देवबहादुर बुढाथोकी, किसनकुमारी श्रीष रहनुभएको छ भने वैकल्पिक सदस्यहरुमा मिना बुढाथोकी सल्लाहकारमा दुर्गाबहादुर श्रिष हुनुहुन्छ । यसैगरी हाललाई दुई स्थान रिक्त राखिएको छ ।
त्यस्तै, खानिगाउँमा पनि नौं पूर्ण, तिन वैकल्पिक र एक सल्लाहकार गरि १३ सदसीय टोल समिती गठन गरिएको छ। कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका सदस्य रामकुमार क्षत्री, राजमो कालीगण्डकी गाउँपालिका वडा नं. ४ का सचिव गंगा सापकोटा, वरिष्ठ सदस्य दुर्गाबहादुर श्रीष र उपाध्यक्ष युवराज सापकोटाले भेला सफलताको शुभकामना दिनुभएको थियो ।