अदालतको आदेशपछि प्रदेश सरकारद्वारा अस्पताल सुधार गर्न समिती गठन

उच्च अदालत जनकपुरले अस्पतालको गतिविधि बारे प्रतिवेदन पेस गर्न प्रदेश सरकारलाई आदेश दिएसँगै ३ सदस्यीय समिति गठन गरेको जनाएको छ । प्रादेशिक अस्पताल जनकपुरधामको समग्र सेवा सुविधा सम्बन्धी प्रतिवेदन तयार गर्न प्रदेश सरकारले उच्च स्तरीय ३ सदस्यीय समिति गरेको हो। मुख्यमन्त्री लालबाबु राउतले अस्पतालको अवस्था बारे जानकारी लिन सरोकारवाला सहित अस्पतालका वरिष्ठ चिकित्सकहरूसँग बैठक गरि अस्पताल कहिले सम्म र कसरी सुध्रिने प्रश्नको जवाफ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सहित बिभिन्न चिकित्सकहरु संग जवाफ माग

सम्बन्धित सामग्री

कृषि विकास बैंकद्वारा ल्याब सञ्चालनका लागि पाँच लाख हस्तान्तरण

काठमाडाैं । कृषि विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तरगत ललितपूर वडा नं. १० टोल सुधार समिती कोपुण्डोललाई स्वास्थ्य ल्याव संचालनार्थ नगद ५ लाख रूपैयाँ हस्तान्तरण गरेकाे छ । कार्यक्रममा बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुबेदी, निवर्तमान प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय, शाखा संचालन तथा बजार विभागका प्रमुख मिनराज पोखरेल, मुख्य शाखा लगनखेलका […] The post कृषि विकास बैंकद्वारा ल्याब सञ्चालनका लागि पाँच लाख हस्तान्तरण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

वीपी प्रतिष्ठान शुद्धिकरण अभियान : आन्दोलनमा धरान किन मौन ?

असार २७, धरान । तत्कालिन ब्रिटिश घोपा क्याम्प पोखरामा सारिएपछि मृत शहर बन्दै गएको धरानमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरिएपछि ब्युतिएको थियो । २५ वर्ष अघिदेखि प्रतिष्ठानको स्थापना सँगै धरानले पनि आर्थिक रुप फेर्दै गएको हो ।  स्वास्थ्य सेवासँगै चिकित्सा अध्ययनका लागि स्थापना गरिएको प्रतिष्ठानमा पछिल्लो समय भ्रष्टाचार र अनियमितता बढ्दै गए पछि सबैभन्दा ठूलो प्रभाव पनि धरानलाई नै परेको छ । विगत १० वर्षदेखि लथालिंग बनेको प्रतिष्ठानको अहिले आर्थिक भार सहित सेवा सुविधानै खस्किन थालेको छ । धरानमा प्रतिष्ठान स्थापनाको लागि धराने जनताको आन्दोलन जति उचाईमा थियो, प्रतिष्ठान स्थापना भएपछि बढ्दै गएको बेथिती नियन्त्रणमा धरानको चासो कम हुन थालेपछि अहिले प्रतिष्ठान धरायसी बन्दै गएको हो । प्रतिष्ठान प्रतिको जिम्मेवारी निर्वाह गर्न धराने जनताले अपनत्व महशुस नगर्दा अहिलेको बेथिती बढ्दै गएको अग्रज पत्रकार हर्ष सुब्बाको भनाइ छ ।  मृत शहर बन्दै गएको अवस्थामा प्रतिष्ठान ल्याउन धराने जनताको आन्दोलन सफल भयो तर त्यसलाई अपनत्व महशुस गर्न नसक्दा समस्या बन्दै गएको उनी बताउँछन् । उनले भने, ‘सरकार फेरिदै पिच्छे पदाधिकारी आउने परिपार्टी शुरु भए पछि पदाधिकारीहरु सरकार प्रति उत्तरदायी बने, धरान जनता प्रति उत्तरदायी भएनन्, जसले गर्दा अवस्था गिर्दै गएको छ ।’ प्रतिष्ठान सुधारका लागि विभिन्न समयमा धराने जनताले आन्दोलन नगरेका भने होइन् । पटक पटक प्रतिष्ठानको सुधारका लागि आन्दोलन सहित छलफल समेत गरेका थिए । छानबिन समिति बनेर प्रतिवेदनहरु समेत सार्वजनिक भएका छन् । तर ती छलफल, आन्दोलनले कुनै प्रभावकारीता देखाउन सकेन ।  राजनीतिक स्वार्थमै चलखेल गर्नेहरु नागरिक समाजको आन्दोलनमा सरिक हुँदा प्रभावकारी नदेखिएको सुब्बा बताउँछन् । उनी भन्छन्, ‘यहाँका नागरिक समाज भने पनि कुनै न कुनै राजनीतिक पार्टीमा आस्था राख्नेहरु भए, पार्टीको लाइन अनुसार चल्ने हो, अगुवाहरु पनि कुनै कुनै पार्टीसँग आवद्ध छन् । दलका नेताहरु पनि पदाधिकारीहरुसँग नजिक हुन खोज्ने, आफ्नो स्वार्थका लागि काम गर्नेहरु छन्, त्यसैले कसरी उनीहरु प्रभावकारी आन्दोलनमा लाग्छन् त ?’ गैह्रराजनीतिक रुपमा आन्दोलनलाई उठाउनु पर्ने उनको भनाइ छ ।  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुद्धिकरणका लागि विगत २७ दिन देखि प्रतिष्ठानका चिकित्सक, विद्यार्थी, कर्मचारीहरु आन्दोलनमा छन् । भ्रष्टाचार र अनियमिततामा मुछिएका पदाधिकारीहरुको राजिनामा सहित प्रधानमन्त्रीको पहलमा वार्ता समिति गठनको माग गर्दै आन्दोलनमा रहेका चिकित्सक, विद्यार्थी, कर्मचारीहरुको आन्दोलन अहिले देशव्यापी बनेको छ ।  राजधानीमा नागरिक समूह बनाएर आन्दोलन अघि बढिरहँदा धरानमा भने निस्क्रिय छ । प्रा.डा. राजेन्द्र शर्माको संयोजकत्वमा नागरिक दबाब सञ्जाल गठन गरिएको छ । सञ्जालले पदाधिकारीहरुसँग छलफल वार्ता गरेको छ तर सडकमा भने आउन सकेको छैन । प्रतिष्ठानमा चलिरहेको आन्दोलनलाई सहयोग पुग्ने गरि धरानका जनताको आन्दोलन नभएको आन्दोलनरत चिकित्सकहरुको भनाइ छ । धरानका जनताले निर्णायक आन्दोलनमा उत्रनु पर्ने उनीहरु बताउँछन् ।  यता नागरिक दबाब सञ्जालका संयोजक प्रा.डा. शर्मा पनि प्रतिष्ठानका आन्दोलनरत पक्षले अपेक्षा गरे अनुसारको आन्दोलन धरानमा हुन नसकेको उनी स्वीकाछन् । उनी भन्छन्, ‘चिकित्सकहरुको भनाइ जायज हो, धरानले गडाङगुडुङ गरेको छैन, त्यसैले उहाँहरुलाई त्यस्तो लागेको हो ।’  तर धराने जनताको लडाई जारी नै रहेको उनको भनाइ छ ।  प्रतिष्ठानमा आन्दोलन गरिरहेका चिकित्सक, विद्यार्थी, कर्मचारीहरुको संयुक्त संघर्ष समितीले पदाधिकारीहरुको राजिनामा बटमलाइन बनाएका छन् । तर नागरिक दबाब सञ्जालको बटमलाईन उच्चस्तरिय छानबिन समिती रहेको छ । राजिनामा समाधान नभएको प्रा.डा. शर्मा बताउछन् । उनी भन्छन्, राजिनामा समाधान होइन्, असार १५ पछि सबैको राजिनामा बटमलाइन बनाए, हामीले चै समाधानको लागि दोषिलाई कारवाही गर्नुपर्छ, दोषिको को हो, छानबिन गरिपाउँ र कारवाही गरौं भन्ने चै नागरिकहरुको आवाज हो ।’ आन्दोलनकारीसँग एकाकार भएर काम गरिरहेको भए पनि नागरिक संजालले दोषि माथि कारवाहीको माग भएकाले सोही अनुसार काम गरिरहेको उनले बताए । प्रधानमन्त्रीको मा डेलिगेसन जाने तयारी भइरहेको उनको भनाइ छ । संघर्ष समितीले शुरु गरेको शुद्धिकरण अभियानमा नागरिक दबाब सञ्जाल एक रहेको उनी बताउछन् । उनले भने, चिकित्सकहरुले शुद्धिकरण अभियान राजिनामाबाट थाल्ने भन्नुहुन्छ, नागरिक सञ्जालले छानबिनबाट थालौं भनेको हो, त्यत्तिको कुरा ।’ धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुद्धिकरण अभियान अन्तर्गत जारी आन्दोलन २७ दिनसम्म पनि जारी नै रहेको छ ।  प्रतिष्ठान सुधारका माग राखेर आन्दोलन गरिरहँदा पनि सरकार भने अझै मौन छ । प्रतिष्ठान सुधार गर्न सरकार आफैं अग्रसर हुनुपर्नेमा सरकारको यो मौनताले अनियमिततामा सरकारकै हात रहेको आशंका गर्न थालिएको छ ।