निर्माता, निर्देशक तथा कलाकार नवल खड्काले निर्माताहरूको छाता संस्था चलचित्र निर्माता संघको अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । संघको आसन्न महाधिवेशनमा आफू अध्यक्षमा उठ्न उनले सामाजिक संजालमार्फत घोषणा गरेका हुन् । आइतवार फेसबुकमा लामो एजेन्डासहित उनले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । एजेन्डामा उनले विदेशमा नेपाली फिल्म रिलिजदेखि विदेशी फिल्म न्युनिकरणसम्मका विषय उठाएका छन् । निर्माता संघको भवन निर्माण गर्ने, विभिन्न राष्ट्रमा रहेका नेपाली दूतावास तथा नियोगहरूमा सांस्कृतिक सहचारी