प्राधिकरणले भन्यो- उडान अनुमति लिएर मात्र टिकट बिक्री गर्नू

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान अनुमति लिएर मात्र टिकट बिक्री गर्न वायु सेवा कम्पनीहरूलाई निर्देशन दिएको छ। केही कम्पनीले अनुमति नलिई चार्टर उडानको नाममा टिकट बिक्री गर्न थालेपछि प्राधिकरणले यस्तो चेतावनी दिएको हो। नेपालको हवाई क्षेत्रमा उडान गर्नुअघि प्राधिकरणको अनिवार्य अनुमति लिनुपर्ने प्रावधान छ। यदि उडान अनुमति नलिई यात्रुलाई टिकट बिक्री गरेको पाइ […]

सम्बन्धित सामग्री

कोरियन एयरलाई टिकट बेच्न रोक

काठमाडौं– नेपाल वायुसेवा निगमलाई उडान अनुमति नदिएर एकलौटी नेपालमा उडान भरिरहेको कोरियन एयरको उडान रोकिने भएको छ । कोरियन एयरले कूटनीतिक मर्यादा र दुई देशबीचको हवाई सेवा सम्झौताको प्रावधानविपरित एकलौटी उडान भर्न खोजेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले २९ अक्टोबरबाट टिकट बिक्री नगर्न पत्राचार गरेको छ । कोरियन एयरको नेपालका लागि जनरल सेल्स एजेन्ट युनिभर्सल […]

जहाजमा समस्या, यात्रुलाई सास्ती

नेपाल वायु सेवा निगमको व्यवस्थापनको लापरबाही र जहाजमा आउने प्राविधिक समस्याले समय समयमा यात्रुले सास्ती भोग्दै आएका छन् । सेवा स्तरीय नभएको, महँगो भएको तथा सेवाबारे विभिन्न समस्या रहेको लगायतका गुनासा बढ्दै गएको छ । निगम व्यवस्थापन चुस्त नहुँदा आन्तरिकदेखि अन्तर्राष्ट्रिय तर्फका यात्रुले सास्ती भोग्दै आएका छन् । कहिले उडान अनुमति नै नलिई यात्रुलाई विमान स्थलमा बोलाएर कहिले टिकट लिएका यात्रुलाई जहाजका सबै सिट भरिभराउ भयो भनेर कहिले बोर्डिङ पास लिइसकेका यात्रुलाई उडान नगराएर समस्यामा पार्दै आएको निगमका जहाजमा आउने प्राविधिक समस्याका कारणसमेत यात्रुले सास्ती भोग्न थालेका छन् । त्यस्तै पछिल्लो सास्ती बुधबार बैङ्कक उडेको निगमको न्यारोबडी विमानमा देखिएको प्राविधिक समस्याले जहाजमा सवार १५२ जना यात्रुले भोग्नुपरेको छ । उक्त उडानका क्रममा विमानको कार्गो कम्पार्टमेन्टमा धुवाँ देखिएको सङ्के

उडान अनुमति लिएर मात्रै टिकट बिक्री गर्न वायुसेवा कम्पनीलाई निर्देशन

काठमाडौं, मंसिर २ । नेपाल नागरिक उड्डयन प्राधिकरणले वायु सेवा कम्पनीहरूलाई उडान अनुमति लिएर मात्र टिकट बिक्री गर्न निर्देशन दिएको छ। केही कम्पनीले अनुमति नलिइ चार्टर उडानको नाममा टिकट बिक्री गर्न थालेपछि प्राधिकरणले यस्तो चेतावनी दिएको हो । नेपालको हवाई क्षेत्रमा उडान गर्नुअघि प्राधिकरणको अनिवार्य अनुमति लिनुपर्ने प्रावधान छ । यदि उडान अनुमति नलिइ यात्रुलाई […]

उडान अनुमति लिएर मात्र टिकट बिक्री गर्न निर्देशन

काठमाडाैँ – नेपाल नागरिक उड्डयन प्राधिकरणले निजी वायु सेवा कम्पनीहरूलाई हवाई उडानको अनुमति लिएर मात्र यात्रुहरूलाई टिकट बिक्री वितरण गर्न निर्देशन दिएको छ । नेपालको हवाई क्षेत्रमा उडान गर्नुअघि प्राधिकरणको अनिवार्य अनुमति लिनुपर्ने प्रावधान रहे पनि केही कम्पनीले हाल अनुमति नलिइकनै चार्टर उडानको नाममा टिकट बिक्री गरेको पाइएको प्राधिकरणले जनाएको हाे । उक्त कार्यप्रति गम्भीर […]

हिमालय एयरलाइन्सको साउदी अरेबिया उडान नियमित

काठमाडौं (अस) । साउदी सिभिल एभियसनबाट उडान अनुमति पाउन नपाउँदा हिमालय एयरलाइन्सले ९ देखि १२ फेब्रुअरी २०२२ सम्म दमाम र रियादका उडान बन्द गरेको थियो । साउदी सिभिल एभियसनले उडान अनुमति दिएपछि  उल्लिखित क्षेत्रका लागि नियमित उडान १३ फेब्रुअरी २०२२ देखि सुरु गरिएको कम्पनीले बताएको छ । ९ र १० तारिखका दिन विमानस्थल पुगेका यात्रुको टिकटको पूर्ण रकम फिर्ता र आवास व्यवस्था आवश्यकताका आधारमा उपलब्ध गराउन सहजीकरण गरिएको कम्पनीको भनाइ छ । यसबाहेक १० फेब्रुअरी २०२२ पछि यी क्षेत्रका लागि अग्रिम टिकट बुक गरेका यात्रुले पूर्ण रकम फिर्ता र टिकट रिसेड्युलिङ गर्न आफ्ना सम्बन्धित ट्राभल एजेन्सी वा हिमालय एयरलाइन्सको बिक्री कार्यालयमा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ । कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले भने, ‘यात्रुको समस्या समाधानका लागि निरन्तर काम गर्दै आएका थियौं । साउदी सिभिल एभियसनसँग समस्या समाधान गर्ने प्रयास गरिरहेका थियौं ।’ नेपाल–चीन संयुक्त उद्यमका रूपमा सन् २०१४ अगस्टमा स्थापित हिमालय एयरलाइन्स अन्तर्राष्ट्रिय उडान सेवा उपलब्ध गराउँदै आएको निजी वायुसेवा कम्पनी हो ।

जुम्लामा उडान गर्ने जहाजको व्यवस्थापन फितलो, यात्रु मर्कामा

जुम्ला – जुम्लामा उडान गर्ने जहाजको व्यवस्थापन फितलो हुँदा यात्रु मर्कामा परेका छन् ।  विमानस्थलमा पाँच दिनदेखि यात्रुले पालो पर्खिएका छन् । तर टिकट पाउन समस्या रहेको स्थानीय कमलसिंह बुढ्थापाले गुनासो गर्नुभयो ।  टिकटकाे पारदर्शिताकाे विषयमा प्रमुख जिल्ला अधिकारी विजया प्रसाईँ र एअरलान्सबीच गएको भदौ १३ गते बसेको बैठकले तत्काल समस्या सुल्झाउने सहमति गरेको थियो । तर निर्णय अनुसार कार्यान्वयन हुन सकेको छैन ।  नेपाल नागरिक उड्डयन प्राधिकरण उडान अनुमति महाशाखाका प्रमुख रिचा शर्माले सेडुअल फ्लाइट र ट...

शुक्रवारदेखि गुण एयरलाइन्सले भरतपुर–काठमाडौं सेवा शुरु गर्ने

भदौ ३०, चितवन । यति एयरलाइन्सले आफ्नो सेवा बन्द गरेपछि गुण एयरलाईन्सले भरतपुर–काठमाडौं–भरतपुर सेवा दिने भएको छ । एयरलाइन्सले उडानको लागि अनुमति लगायत सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएको छ । दशैंलाई लक्षित गर्दै एयरलाइन्सले पहिलो पटक भरतपुरबाट सेवा दिन लागेको हो ।  एयरलाइन्सका कर्मचारी कुलराज शर्माले उडानको लागि सबै तयारी पूरा भएको जानकारी दिए । ‘हाम्रो लगभग सबै काम पूरा भएको छ र टिकट बुकिङ पनि शुरु गरेका छौं, उनले भने, असोज १ गतेबाट उडानको पक्का पक्की भइसकेको छ ।’ शुरुवाती क्षणमा एयरलाइन्सले एउटा मात्र उडानबाट सेवा शुरु गर्नेछ । हामीले शुरुमा १८ सिटे एउटा फ्लाईटबाट सेवा शुरु गर्नेछौं, शर्माले भने, यात्रुको चाप अनुसार उडान थप गर्दैछौं ।’ उनले भने ।  विमानस्थलका प्रमुख योगेन्द्र कुँवरले गुण एयरलाइन्सले उडान अनुमति लिइसकेको र फ्लाईट सेड्युल पनि आइसकेको बताए । ‘फ्लाईट सेड्युल पनि आईसकेको छ, असोज १ गतेबाट सेवा शुरु हुन्छ ।’ कुँवरले भने ।  यात्रुहरुको चाप अत्यधिक बढ्दै गईरहेको भन्दै कुँवरले गुण एयर सञ्चालनमा आएसँगै यात्रुहरुलाई केही राहत मिल्ने बताए ।  असोज १ गते बिहान साँढे १० बजे काठमाडौंबाट भरतपुर उडान हुने समय तालिका रहेको छ । पछि समयतालिका हेरफेर गर्न सकिने बताइएको छ ।

श्रमिक उद्धारका नाममा अति महँगो भाडा

साउदीमा कार्यरत सुवास राईले नेपाल जाने टिकट भेटाएका छैनन् । साउदीबाट नेपाल आउने सिधा उडान छैन । सरकारले कतारबाट आउने विमानलाई सातामा दुई पटक मात्रै यात्रु लिएर आउने उडान अनुमति दिएको छ । कतारबाट आउने कतार एयरवेजको एकतर्फी टिकटको मूल्य १० हजार रियाल (करिब ३ लाख रुपैयाँ) मागिएको छ ।

भाडादर खुलाएपछि मात्रै चार्टर अनुमति

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चार्टर उडानमा यात्रुसँग लिइने भाडादर खुलाएको अवस्थामा मात्रै उडान अनुमति दिने व्यवस्था गरेको छ । चार्टर उडानको अनुमति माग्दा विमान कम्पनीले नियमअनुसार दिने कमिसन र अन्य मुलुकमा बुझाउनुपर्ने कर दायित्वका आधारमा चार्टर भाडादर उचित देखिएमा मात्र अनुमति प्रदान गरिने मन्त्रालयले स्पष्ट पारेको छ । ट्राभल एजेन्सीले टिकट बिक्री गर्दा अस्वाभाविक रूपमा बढी रकम लिएको गुनासो बढेपछि मन्त्रालयले यस्तो व्यवस्था गरेको हो ।