संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चार्टर उडानमा यात्रुसँग लिइने भाडादर खुलाएको अवस्थामा मात्रै उडान अनुमति दिने व्यवस्था गरेको छ ।
चार्टर उडानको अनुमति माग्दा विमान कम्पनीले नियमअनुसार दिने कमिसन र अन्य मुलुकमा बुझाउनुपर्ने कर दायित्वका आधारमा चार्टर भाडादर उचित देखिएमा मात्र अनुमति प्रदान गरिने मन्त्रालयले स्पष्ट पारेको छ । ट्राभल एजेन्सीले टिकट बिक्री गर्दा अस्वाभाविक रूपमा बढी रकम लिएको गुनासो बढेपछि मन्त्रालयले यस्तो व्यवस्था गरेको हो ।