साउदीमा कार्यरत सुवास राईले नेपाल जाने टिकट भेटाएका छैनन् । साउदीबाट नेपाल आउने सिधा उडान छैन । सरकारले कतारबाट आउने विमानलाई सातामा दुई पटक मात्रै यात्रु लिएर आउने उडान अनुमति दिएको छ । कतारबाट आउने कतार एयरवेजको एकतर्फी टिकटको मूल्य १० हजार रियाल (करिब ३ लाख रुपैयाँ) मागिएको छ ।