शुक्रवारदेखि गुण एयरलाइन्सले भरतपुर–काठमाडौं सेवा शुरु गर्ने

भदौ ३०, चितवन । यति एयरलाइन्सले आफ्नो सेवा बन्द गरेपछि गुण एयरलाईन्सले भरतपुर–काठमाडौं–भरतपुर सेवा दिने भएको छ । एयरलाइन्सले उडानको लागि अनुमति लगायत सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएको छ । दशैंलाई लक्षित गर्दै एयरलाइन्सले पहिलो पटक भरतपुरबाट सेवा दिन लागेको हो ।  एयरलाइन्सका कर्मचारी कुलराज शर्माले उडानको लागि सबै तयारी पूरा भएको जानकारी दिए । ‘हाम्रो लगभग सबै काम पूरा भएको छ र टिकट बुकिङ पनि शुरु गरेका छौं, उनले भने, असोज १ गतेबाट उडानको पक्का पक्की भइसकेको छ ।’ शुरुवाती क्षणमा एयरलाइन्सले एउटा मात्र उडानबाट सेवा शुरु गर्नेछ । हामीले शुरुमा १८ सिटे एउटा फ्लाईटबाट सेवा शुरु गर्नेछौं, शर्माले भने, यात्रुको चाप अनुसार उडान थप गर्दैछौं ।’ उनले भने ।  विमानस्थलका प्रमुख योगेन्द्र कुँवरले गुण एयरलाइन्सले उडान अनुमति लिइसकेको र फ्लाईट सेड्युल पनि आइसकेको बताए । ‘फ्लाईट सेड्युल पनि आईसकेको छ, असोज १ गतेबाट सेवा शुरु हुन्छ ।’ कुँवरले भने ।  यात्रुहरुको चाप अत्यधिक बढ्दै गईरहेको भन्दै कुँवरले गुण एयर सञ्चालनमा आएसँगै यात्रुहरुलाई केही राहत मिल्ने बताए ।  असोज १ गते बिहान साँढे १० बजे काठमाडौंबाट भरतपुर उडान हुने समय तालिका रहेको छ । पछि समयतालिका हेरफेर गर्न सकिने बताइएको छ । 

सम्बन्धित सामग्री

आजदेखि सोह्र श्राद्ध शुरु

आजदेखि सोह्र श्राद्ध अर्थात पितृ पक्ष शुरु भएको छ।सोह्र श्राद्ध शुरु भएसँगै पशुपतिनाथ, गोकर्णेश्वर लगायतका तीर्थस्थलमा श्राद्ध एवं पितृको नाममा तर्पण गर्नेहरूको भीड छ।...

रौतहट क्षेत्र-४ को मतगणना शुरु

रौतहट : रौतहट क्षेत्र ४ को मतगणना शुरु भएको छ। प्रत्यक्षतर्फको संघीय सांसदका उम्मेदवारको मत गन्न शुरु भएको हो।दिउँसो साढे १२ बजे मतगणना थाल्ने भनिएकोमा १ बजेर ४५ मिनेटमा मत गन्न शुरु भएको हो।चन्द्रपुर-३ गैडाटारको ५ वटा मतपेटिका खोलिएको छ। बाँकी १, २ र ३ को पनि मतगणना शुरु गर्ने तयारी भइरहेको छ।

वीरगन्ज महानगरपालिकाको मत गणना शुरु

वीरगन्ज : वीरगन्ज महानगरपालिकाको मतगणना शुरु भएको छ। ११ बजेबाट नै मतगणना शुरु गर्ने सर्व दलीय सहमति भए पनि दलका प्रतिनिधिहरू ढिलो उपस्थिति भएकाले ढिलो गरी गणना शुरु भएको हो।२ बजेबाट बल्ल शुरु गरिएको गणनामा वीरगन्ज वडा नम्बर १ र ३२ बाट शुरु गरिएको पर्साका मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले बताए।

वीरगञ्जमा केही बेरमा मतगणना शुरु हुने

वीरगञ्ज –  मधेस प्रदेशको एकमात्र महानगर वीरगञ्ज महानगरपालिकामा केही बेरमा मतगणना शुरु हुने भएको छ । बिहान ११ बजेदेखि मतगणना कार्य शुरु गरिने भनिए पनि अहिले खाना खानको लागि केही बेर ढिलो गरि मतगणना शुरु हुने प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए । पौने १२ बजेदेखि वीरगञ्जको नृसिङ माबिमा मतगणना शुरु हुने उनले जानकारी […]

रुकुमपूर्वको पेल्मामा मतदान शुरु

रुकुम (पूर्व) : पुथाउत्तरगंगा गाउँपालिका–२ पेल्मामा मतदान शुरु भएको छ। माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच विवाद भएपछि बिहान मतदान हुन सकेको थिएन। हाल दुवै दलसँग छलफल गरी सहमतिमा ल्याएपछि मतदान कार्य शुरु भएको हो।पुथाउत्तरगंगा–२ को आधारभूत विद्यालय पेल्मा मतदान केन्द्रमा मध्यान्ह १२ बजेर ५ मिनेट देखि मतदान शुरु भएको जिल्ला निर्वाचन कार्यालय रुकुम पूर्वले जनाएको छ। बिहान ७ बजेबाटै मतदान शुरु हुनुपर्ने भएपनि दलीय सहमति नहुँदा मतदान शुरु हुन ढिलाई भएको जिल्ला निर्वाचन अधिक

दुई कोरियाबीच हटलाइन पुनः शुरु

१८ असोज, काठमाडौं ।  उत्तर र दक्षिण कोरियाबीच सूचना आदानप्रदानको लागि हटलाइन पुनः शुरु भएको छ । पछिल्लो केही महिनायता बन्द भएको हटलाइन पुनः शुरु भएको हो । यसअघि उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आफूले दक्षिण कोरियासँगको हटलाइन पुनः शुरु गर्न चाहेको बताएका थिए । यद्यपि हटलाइन शुरु गर्ने विषय दक्षिण कोरियाको व्यवहारमा […]

मन्त्रिपरिषद्‌को बैठक शुरु

काठमाडौँ– मन्त्रिपरिषद्‌को बैठक शुरु भएको छ । मंगलबार अपराह्न प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बैठक शुरु भएको छ । बैठकमा मन्त्रालयका नियमित एजेण्डाबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

‘नेपाल आइडल’ फेरि शुरु हुने

चर्चित गायन रियालिटी शो ‘नेपाल आइडल’को नयाँ सिजन फेरि शुरु हुने भएको छ । शोका निर्देशक सुरेश पौडेलले शोको नयाँ सिजन छिट्टै शुरु हुने जानकारी दिए ।‘फ्रेन्चाइजको लागि हामीसँग ३ वर्षको मात्र अनुमति थियो । अहिले फेरि नयाँ सिजनका लागि मौखिक अनुमति मिलेको छ । लिखित प्राप्त हुनासाथ शो शुरु हुन्छ’ पौडेलले थपे ‘आशा गरौ छिट्टै हुनेछ  ।अव शुरु हुने सिजनमा जज भने फेरिनेछन् । यस अगाडि शोमा देखिँदै आएका जजले अन्य शोमा काम गर्न थलिसकेकोले जर्ज फेरिने भएका हुन् । नयाँ जर्ज भएप

दुई घण्टा ढिला गरी शपथ शुरु

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको वक्तव्यमा विवाद देखिएपछि शपथ ग्रहण कार्यक्रम ढिला गरी शुरु भएको छ । ६ बजे शुरु हुने भनिएको कार्यक्रम ८ बजेपछि मात्र शुरु भएको हो ।

एमालेको बैठक शुरु

काठमाडौ, १२ बैशाख । नेकपा (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उपलब्ध आयोजक कमिटी सदस्यको बैठक भर्खर शुरु भएको छ । बिहान १० बजे बैठक बोलाइए पनि दुई घण्टापछि मात्र शुरु भएको केन्द्रीय सदस्य ईश्वरी रिजालले जानकारी दिए । पार्टीका समसामयिक विषयमा छलफल गर्न आज आकस्मिक […]