उडान अनुमति लिएर मात्रै टिकट बिक्री गर्न वायुसेवा कम्पनीलाई निर्देशन

काठमाडौं, मंसिर २ । नेपाल नागरिक उड्डयन प्राधिकरणले वायु सेवा कम्पनीहरूलाई उडान अनुमति लिएर मात्र टिकट बिक्री गर्न निर्देशन दिएको छ। केही कम्पनीले अनुमति नलिइ चार्टर उडानको नाममा टिकट बिक्री गर्न थालेपछि प्राधिकरणले यस्तो चेतावनी दिएको हो । नेपालको हवाई क्षेत्रमा उडान गर्नुअघि प्राधिकरणको अनिवार्य अनुमति लिनुपर्ने प्रावधान छ । यदि उडान अनुमति नलिइ यात्रुलाई […]

सम्बन्धित सामग्री

कोरियन एयरलाई टिकट बेच्न रोक

काठमाडौं– नेपाल वायुसेवा निगमलाई उडान अनुमति नदिएर एकलौटी नेपालमा उडान भरिरहेको कोरियन एयरको उडान रोकिने भएको छ । कोरियन एयरले कूटनीतिक मर्यादा र दुई देशबीचको हवाई सेवा सम्झौताको प्रावधानविपरित एकलौटी उडान भर्न खोजेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले २९ अक्टोबरबाट टिकट बिक्री नगर्न पत्राचार गरेको छ । कोरियन एयरको नेपालका लागि जनरल सेल्स एजेन्ट युनिभर्सल […]

हिमालय एयरलाइन्सको साउदी अरेबिया उडान नियमित

काठमाडौं (अस) । साउदी सिभिल एभियसनबाट उडान अनुमति पाउन नपाउँदा हिमालय एयरलाइन्सले ९ देखि १२ फेब्रुअरी २०२२ सम्म दमाम र रियादका उडान बन्द गरेको थियो । साउदी सिभिल एभियसनले उडान अनुमति दिएपछि  उल्लिखित क्षेत्रका लागि नियमित उडान १३ फेब्रुअरी २०२२ देखि सुरु गरिएको कम्पनीले बताएको छ । ९ र १० तारिखका दिन विमानस्थल पुगेका यात्रुको टिकटको पूर्ण रकम फिर्ता र आवास व्यवस्था आवश्यकताका आधारमा उपलब्ध गराउन सहजीकरण गरिएको कम्पनीको भनाइ छ । यसबाहेक १० फेब्रुअरी २०२२ पछि यी क्षेत्रका लागि अग्रिम टिकट बुक गरेका यात्रुले पूर्ण रकम फिर्ता र टिकट रिसेड्युलिङ गर्न आफ्ना सम्बन्धित ट्राभल एजेन्सी वा हिमालय एयरलाइन्सको बिक्री कार्यालयमा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ । कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले भने, ‘यात्रुको समस्या समाधानका लागि निरन्तर काम गर्दै आएका थियौं । साउदी सिभिल एभियसनसँग समस्या समाधान गर्ने प्रयास गरिरहेका थियौं ।’ नेपाल–चीन संयुक्त उद्यमका रूपमा सन् २०१४ अगस्टमा स्थापित हिमालय एयरलाइन्स अन्तर्राष्ट्रिय उडान सेवा उपलब्ध गराउँदै आएको निजी वायुसेवा कम्पनी हो ।