प्रदेश १ मा मन्त्रालय र मन्त्रीहरुको जिम्मेवारी बाँडफाँट- कुन मन्त्रालय कसले पाए ?

विराटनगर । प्रदेश १ सरकारका बिनाविभागिय मन्त्रीहरुको जिम्मेवारी तोकिएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विनाविभागीय रहेका मन्त्रीहरुको मन्त्रालय तोक्दै कार्यविभाजन गरेका हुन् । कार्यविभाजन अनुसार मुख्यमन्त्री कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाहेक आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानून आफैंसँग राखेका छन् । नेकपा एमालेका तिलकुमार मेन्याङ्बोले खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालयको जिम्मा […]

सम्बन्धित सामग्री

प्रदेश १ : मन्त्रालय नतोक्दा कार्यकक्षदेखि निवाससम्म समस्या

विराटनगर :  प्रदेश १ सरकार गठन भएको साता दिन बितिसक्दा पनि अहिलेसम्म विना विभागीय मन्त्रीहरूको मन्त्रालय तोकिएको छैन। मन्त्रालय नतोक्दा उनीहरूले कार्यालयदेखि निवाससम्मै कठिनाइ बेहोर्नु परिरहेको छ। त्यसो त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले  पुस २५ गते शपथग्रहण गरेको पहिलो दिनमै यसअघि मुख्यमन्त्री कार्यालयबाहेक १२ वटा मन्त्रालय रहेको प्रदेश १ मा नयाँ सरकारले मन्त्रालयको संख्या घटाएर ९ वटा बनाउने निर्णय गरिसकेको छ ।  प्रदेश १ स्थापना भएको पहिलो कार्यकालमा मुख्यमन्त्री

प्रदेश १ : फेरि मन्त्रालय फुटाइयो, मन्त्रीपरिषद आजै बिस्तार हुने

विराटनगर – प्रदेश १ मा गठबन्धनलाई भाग पुर्‍याउनका लागि मन्त्रालय फुटाएर त्यस अनुसार आइतबार मन्त्रीपरिषद बिस्तार हुने भएको छ । अहिले प्रदेश १ मा सात मन्त्रालय छन्, त्यसलाई फुटाएर १३ मन्त्रालय बनाइने भएको हो । हाल प्रदेश १ मन्त्रीपरिषदमा एक राज्यमन्त्रीसहित कुल ६ मन्त्री छन् । आइतबार बिस्तार गरेर एक विनाविभागीयसहित १४ सदस्यीय मन्त्रीपरिषद बन्ने […]

प्रदेश १ मा मन्त्रालय टुक्र्याउने निर्णयप्रति एमालेको विरोध

प्रदेश १ सरकारले मन्त्रालय टुक्र्याउने निर्णय गरेपछि नेकपा एमालेले त्यसको विरोध गरेको छ । नेकपा एमाले प्रदेश १ ले मंगलवार प्रेस वक्तव्य जारी गर्दै सरकारको निर्णयप्रति आपत्ति जनाएको हो ।  भएकै मन्त्रालय धान्न नसक्ने अवस्था रहिरहेका बेला अहिलेको सरकारले दोब्बर मन्त्रालय बढाउने निर्णय गरेको भन्दै एमालेले विरोध जनाएको छ ।  पुँजीगत खर्चभन्दा साधारण खर्च धेरै भएकोमा थप मन्त्रालय बढाएर प्रदेशले धान्नै नसक्ने आर्थिक भार पार्न खोजेको प्रदेश कमिटी अध्यक्ष तुलसीप्रसाद न्यौपानेद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।  ...

प्रदेश १ मन्त्रालय फुटाएर मिलाइँदै भागबण्डा

प्रदेश १ सरकारले हाल कायम मन्त्रालय फुटाएर १२ वटा बनाउने तयारी गरेको छ। आइतबारको मन्त्रिपरिषद्को बैठकले ७ वटा मन्त्रालयलाई फुटाएर १२ वटा बनाउने निर्णय गरेको हो।...

प्रदेश १ मा पनि स्वास्थ्य मन्त्रालय बन्ने

प्रदेश १ मा पनि स्वास्थ्य मन्त्रालय बन्ने भएको छ। प्रदेश प्रदेश १ सरकारले मन्त्रालय विस्तार गर्दै स्वास्थ्य मन्त्रालय पनि बनाउने निर्णय गरेको हो।

प्रदेश १ मा मन्त्रालय विभाजन, निर्णय गुपचुप

१७ माघ, विराटनगर । प्रदेश १ मन्त्रिपरिषद् बैठकले मन्त्रालय विभाजनको निर्णय गरेको  छ । तर आलोचनाको डरले यो निर्णय गुपचुप राखिएको छ । प्रदेश १ मा हाल मुख्यमन्त्री कार्यालयसहित सात वटा मन्त्रालय छन्। तर सत्तारूढ पाँच दलीय गठबन्धनको सरकारले भागबण्डा पुर्याउन मन्त्रालय विभाजन गर्ने निर्णय गरेको हो । आइतबार साँझ आर्थिक मामिला तथा योजना मन्त्री […]

प्रदेश १ को गठबन्धन सरकारले मन्त्रालय फुटायो, अब १२ मन्त्रालय हुने

विराटनगर :  प्रदेश १ को सरकारले मन्त्रालयले फुटाएर मन्त्रालय संख्या १२ पुर्‍याउने भएको छ।आइतबार बसेको प्रदेश १ को मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधनसहित पारित गरेसँगै प्रदेशमा मन्त्रालय संख्या बढेर १२ सदस्यीय हुने भएको छ।मन्त्रिपरिषद् बैठकपछि आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सरकारले गरेका अन्य निर्णयहरु मात्रै सार्वजनिक गरेका थिए। तर, मन्त्रिपरिषद् कार्यविभाजन नियमावली पारित गर्ने निर्णयबारे भने  सरकारले औपचारिक जानकारी दिएको

दलहरुलाई भाग पुर्‍याउन प्रदेश १ मा मन्त्रालय फुटाउने सहमति

२८ पुस, विराटनगर । प्रदेश १ का सत्तारुढ दलहरुलाई भाग पुर्‍याउन मन्त्रालय फुटाएर १२ वटा बनाइने भएको छ । प्रदेश १ मा हाल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सात मन्त्रालय छन् । अब तीनवटा मन्त्रालय फुटाएर १२ बनाउने मुख्यमन्त्री राजेन्द्र राईको तयारी छ । सत्तारुढ दलका आकांक्षीहरुको व्यवस्थापनका लागि राज्यमन्त्रीहरु पनि राख्दा मन्त्रिपरिषदको सदस्य संख्या १६/१८ […]

प्रदेश १ मा मन्त्रालय विभाजन गर्न कार्यदल

विराटनगर : प्रदेश १ सरकारले मन्त्रालय विभाजन गर्न कार्यदल बनाएको छ। पाँचदलीय गठबन्धनले मन्त्रालय विभाजनका लागि आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोको नेतृत्वमा कार्यदल बनाएको हो।कार्यदलमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव र मुख्यमन्त्री कार्यालयका कानुन सचिव सदस्य रहेका छन्। कार्यदलले सातवटा प्रदेशको मन्त्रालयको अवस्था हेरेर मन्त्रालय विभाजन गर्नेछ।प्रदेश १ मा सातवटा मन्त्रालय छन्। सातमध्ये दुई मन्त्रालय फुटाउने लगभग सहमति भएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालय र भूमि व्यवस

भागबण्डा मिलाउन प्रदेश १ मा मन्त्रालय फुटाउने तयारी

पाँच दलीय गठबन्धनको सरकारले प्रदेश १ मा भागबण्डाका लागि तीन वटा मन्त्रालय फुटाउने तयारी गरेको छ । हाल ७ मन्त्रालय कायम रहेको प्रदेशमा ११ वटा मन्त्रालय बनाउने तयारी भइरहेको हो । सोही अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आवश्यक गृहकार्य सुरु गरेको छ ।उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, सामाजिक विकास मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय फुटाउने तयारीमा प्रदेश सरकार छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रा