विराटनगर : प्रदेश १ को सरकारले मन्त्रालयले फुटाएर मन्त्रालय संख्या १२ पुर्याउने भएको छ।आइतबार बसेको प्रदेश १ को मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधनसहित पारित गरेसँगै प्रदेशमा मन्त्रालय संख्या बढेर १२ सदस्यीय हुने भएको छ।मन्त्रिपरिषद् बैठकपछि आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सरकारले गरेका अन्य निर्णयहरु मात्रै सार्वजनिक गरेका थिए। तर, मन्त्रिपरिषद् कार्यविभाजन नियमावली पारित गर्ने निर्णयबारे भने सरकारले औपचारिक जानकारी दिएको