प्रदेश १ सरकारले मन्त्रालय टुक्र्याउने निर्णय गरेपछि नेकपा एमालेले त्यसको विरोध गरेको छ । नेकपा एमाले प्रदेश १ ले मंगलवार प्रेस वक्तव्य जारी गर्दै सरकारको निर्णयप्रति आपत्ति जनाएको हो ।
भएकै मन्त्रालय धान्न नसक्ने अवस्था रहिरहेका बेला अहिलेको सरकारले दोब्बर मन्त्रालय बढाउने निर्णय गरेको भन्दै एमालेले विरोध जनाएको छ ।
पुँजीगत खर्चभन्दा साधारण खर्च धेरै भएकोमा थप मन्त्रालय बढाएर प्रदेशले धान्नै नसक्ने आर्थिक भार पार्न खोजेको प्रदेश कमिटी अध्यक्ष तुलसीप्रसाद न्यौपानेद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
...