काठमाण्डौ – मेचीनगर–६ का ५१ वर्षीय कोइला व्यवसायी दुर्गाप्रसाद दाहाल गएको साढे दुई महिनादेखि बेपत्ता भएका छन् । उनको खोजीका लागि परिवारका सदस्यले प्रहरीलाई अनुरोध गरेका छन् ।
भारतबाट कोइला आयात गरेर नेपालमा रहेका इँटा उद्योगमा आपूर्ति गर्ने व्यवसाय सञ्चालन गर्दै आएका दाहालसँग गएको असार २ गते अन्तिम पटक फोनमा सम्पर्क भएको उहाँकी पत्नी शोभा दाहालले बताउनुभयो । उहाँले इलाका प्रहरी कार्यालय काँकडभिट्टामा खोजीका लागि निवेदन दिएको बताउनुभयो ।
प्रहरीले सचित्र हुलिया विभिन्न प्रहरी इकाइमा पठाएर र फोनमा भएको क...