काठमाडौं । नेपाली कांग्रेसले कास्की निर्वाचन क्षेत्र नम्बर–१ मा किशोरदत्त बराललाई टिकट दिएको छ ।
कांग्रेस कास्कीको जिल्ला सभापति समेत रहेका बराललाई कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ टिकट दिएको हो ।
आसन्न निर्वाचनका लागि टिकट पाएसँगै उनले आज उमेदवारी मनोनयनपत्र दर्ता गराउने भएका छन् ।