इन्डोनेसियाको राजधानी जकार्ताबाट उडान भरेको केही समयमा नै बोइङ ७३७ विमान सम्पर्कविहीन बनेको छ । बजेट एयरलाइन्स श्रीविजया एयरको विमानमा चालक दलसहित ६२ जना सवार थिए । विमान समुद्रमा दुर्घटना भएको आशंका गरिएको छ ।जकार्ताबाट पश्चिमी कालिमान्टान प्रान्तस्थित पोन्टियानाकका लागि जकार्ता विमानस्थलबाट उडान भरेको चार मिनेटमा नै विमान सम्पर्कविहीन बनेको थियो । फ्ल्याइटराडार ट्वान्टीफोर डटकमका अनुसार विमानले एक मिनेटभन्दा कम समयमा ३ हजार मिटरको उचाइ गुमाएको थियो ।प्रत्यक्षदर्शीहरुले कम्तिमा एउटा विस्फ