इरानमा बम विस्फोट, १०३ जनाको मृत्यु

इरानमा बुधबार दुई वटा विस्फोट हुँदा कम्तीमा १०३ जना मारिएका छन्। हत्या गरिएका जनरल कासिम सुलेमानीको स्मृतिमा आयोजित सभामा विस्फोट भएको हो।सुलेमानीको चौथो स्मृतिमा आयोजित कार्यक्रममा भएको बम विस्फोटमा अन्य १४१ जना घाइते भएको र केहीको अवस्था चिन्ताजनक रहेको बताइएको छ।पहिलो विस्फोट सुलेमानीको चिहानबाट ७०० मिटर पर भएको थियो। दोस्रो विस्फोट १ किलोमिटर टाढा भएको थियोआक्रमणको जिम्मेवारी तत्काल कसैले लिएको छैन। चार वर्षअघि बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार अमेरिकी हवाइ आक्रमणमा सुलेमानी

सम्बन्धित सामग्री

पाकिस्तानमा बम विस्फोट: ६ जनाको मृत्यु, १४ जना घाइते

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सोमबार बम विस्फोट भएको छ।

कालीकोटमा बम विस्फोट हुँदा २ बालिकाको मृत्यु

काठमाडौं । कालीकोटमा बम विस्फोट हुँदा २ बालिकाको मृत्यु भएकाे छ । तिलागुफा नगरपालिका-१० रानावाडामा बम विस्फोट हुँदा ४ वर्षकी बालिका झरना थापा र ४ वर्षकी सरस्वती राना ज्यान गएकाे हाे । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी जयश्वर रिमालका अनुसार कोदोबारीमा बम विस्फोट हुँदा थापाको घटनास्थलमै र रानाको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएकाे हाे […]

बुटवलको मिलनचोकमा बम विस्फोट, पर्चा समेत फेला

बुटवलको मिलनचोकमा बम विस्फोट भएको छ । प्रहरीका अनुशार बुटवल मिलनचोक आकासे पुलनजिक कुकर बम विस्फोट भएको हो । मिलनचोकको सनराइज बैंकको अगाडि बम विस्फोट भएको हो । बम विस्फोटबाट कुनै क्षति भएको छैन । साँझ ८ बजे १५ मिनेट जाँदा बम बिस्फोट भएको चर्को आवाज स्थानीयहरुले सुनेका थिए । बिस्फोट स्थल बुटवल उपमहानगरपालिका वडा […]

बुटवलमा बम विस्फोट

काठमाडौँ । बुटवलको मिलन चोकमा बम विस्फोट भएको छ। बुधवार साँझ साढे आठ बजेतिर बुटवल मिलनचोकस्थित सनराइज बैङ्कअगाडि प्रेसर कुकर बम विस्फोट भएको प्रहरीले जनाएको छ। विस्फोट भएको कुकर बमसँगै वैशाख २९ गते नेपाल बन्द गरौँ भन्ने सन्देश लेखिएको कागज फेला परेको जनाइएको छ ।

अफगानिस्तानमा बम विस्फोट, सात जनाको ज्यान गयाे

अफगानिस्तानको हेरात प्रान्तमा बम विस्फोट हुँदा सात जनाको ज्यान गएको छ । ९ जना घाइते भएका छन् । एउटा भ्यानमा बम विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बम विस्फोट कसले गरायो भन्नेबारे खुलेको छैन । अफगानिस्तानमा तालिबानले सत्ता चलाउन थालेपछि यस्ता घटना इस्लामिक स्टेट आईएसले गराउँदै आएको मानिन्छ । घटनाको अनुसन्धान हुने तालिबानले जनाएको छ ।

पाकिस्तानको लाहोरमा बम विस्फोट, २ को मृत्यु

पाकिस्तानको लाहोरमा शक्तिशाली बम विस्फोट हुँदा कम्तिमा २ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । लाहोर प्रहरी प्रवक्ता राणा आरिफका अनुसार मोटरसाइकलमा फिट गरिएको टाइम बम विस्फोट भएको हो । स्थानीय लाहोरी गेट क्षेत्रको अनारकली बजारमा सो विस्फोट भएको थियो । मृत्यु हुनेमा एक बच्चा समेत रहेको र मृतकमध्ये केहीको अवस्था गम्भीर रहेको समाचारमा जनाइएको छ।   लाहोर प्रहरीले घटनाबारे अनुसन्धान सुरु भएको बताएको छ ।

काबुलको तैमानी क्षेत्रमा बम विस्फोट

अफगानिस्तानको राजधानी काबुलमा बम विस्फोट भएको छ। काबुलको तैमानी क्षेत्रमा शनिबार उक्त विष्फोटन भएको अफगानिस्तानका स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। विष्फोट कसले र के कारणले गरायो भन्ने अहिलेसम्म खुलेको छैन।...

सोमालियामा आत्मघाती बम विस्फोट, कम्तिमा ८ जनाको मृत्यु

९ मंसिर, काठमाडौं । सोमालियाको राजधानी मोगादिशुमा बम विस्फोट हुँदा कम्तिमा ८ जनाको मृत्यु भएको छ । बिहीबार बिहान मोगादिशुको केन्द्रमा भएको बम विस्फोट परी कम्तिमा ८ जनाले ज्यान गुमाएको अलजजिराले जनाएको छ । राष्ट्रसंघको सुरक्षामा खटिएको गाडीलाई लक्षित गरी बम विस्फोट गराइएको अधिकारी र प्रत्यक्षदर्शीले जनाएका छन् । बम विस्फोटलगत्तै आकाशमा धुँवाको मुस्लो उडेको […]

पाकिस्तानमा चिनियाँ राजदूतलाई लक्षित गर्दै बम विस्फोट

एजेन्सी। पाकिस्तानको बलुचिस्तान प्रदेशको क्वेटास्थित एक होटलमा चिनियाँ राजदूतलाई लक्षित गर्दै विद्रोहीले बम विस्फोट गरेका छन्। पाकिस्तानमा बढ्दो चिनियाँ प्रभावको विरोधमा विद्रोहीले बम विस्फोट गराएको कतिपय विश्लेषकको बुझाइ छ। विद्रोहीले होटलमा राजदूत नङ रङ रहेको ठहर गरेका थिए, तर त्यसबखत उनी त्यहाँ थिएनन्। कार बम विस्फोटबाट कम्तीमा पाँचजनाको मृत्यु भएको र दर्जनभन्दा बढी घाइते भएको पाकिस्तान प्रहरीको भनाइ छ।

लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट

सिरहास्थित मालपोत कार्यालय लहानमा बम विस्फोट भएको छ । सिरहाको लहान नगरपालिकामा रहेको मालपोत कार्यालयमा बम विस्फोट हुँदा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप राजभण्डारीले जानकारी दिए ।  ‘ठूलो आवज आएपछि हामी त्यसतर्फ जाँदै छौं,’ प्रमुख राजभण्डारीले लोकान्तरसँग भने, ‘अहिले केही घाइते हुनुभएको खुलेको छ ।’ प्रहरीका अनुसार घाइतेमध्ये १ जना गम्भीर छन् । विस्तृत विवरण आउन बाँकी नै छ ।