लुधियाना : भारतको पञ्जाब प्रान्तको लुधियाना शहरमा अवस्थित अदालतभित्र बम विस्फोट भएको छ। विस्फोटमा दुईजनाको मृत्यु भएको बताइएको छ भने कैयौँ व्यक्ति घाइते भएका छन्।अदालत परिसरको दोस्रो तलामा विस्फोट भएको हो। विस्फोटबाट अदालत भवनको भित्ता भत्किएको छ।अदालत परिसरको शौचालयमा विस्फोट भएको थियो। बिहीबार दिउँसो स्थानीय समय साढे १२ बजेर विस्फोट भएको थियो। विस्फोटपछि अदालत परिसरमा अस्तव्यस्त भएको थियो। विस्फोट कसले गराएको भन्ने बारेमा केही खुलाइएको छैन। घटनाबारे प्रहरीले थप अनुसन्धान गर