जनकपुरधाम : प्रदेश २ सरकारको लोकप्रिय कार्यक्रम ‘बेटी पढाऊ, बेटी बचाऊँ’ अभियान अन्तर्गतको साइकल वितरण स्थगित भएको छ। यस कार्यक्रमअन्तर्गत प्रदेशका ८ वटै जिल्लाका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ८ का छात्राहरूलाई प्रदेश सरकारले साइकल वितरण गर्दै आएको थियो। प्रदेशभित्रका सामुदायिक विद्यालयका कक्षा ८ मा अध्ययनरत छात्राका लागि धेरैजसो विद्यालयबाट साइकल माग निवेदन प्राप्त भएपछि कागजात रुजु गर्न समय लाग्ने भएकाले कार्यक्रम स्थगित भएको मुख्यमन्त्री तथा मन्त