ताइवानको हवाईक्षेत्रमा विगत केही महिनायता नियमित रूपमा चिनियाँ लडाकू विमानहरू प्रवेश गरिरहेका छन् ।
सोमवार मात्र चीनका ५६ लडाकू विमानहरू ताइवानको एयर डिफेन्स आइडेन्टिफिकेसन जोन (एडीआईजेड) मा प्रवेश गरेका थिए । एकैदिन त्यति धेरै विमान प्रवेश गर्नु कीर्तिमान हो । विगत पाँच दिनमा चीनका १५० जति लडाकू विमान उक्त क्षेत्रमा प्रवेश गरिसकेका छन् ।
त्यसो त ताइवानले आफ्नो सार्वभौम हवाईक्षेत्र मान्ने गरेको क्षेत्र उसको तटबाट १२ नटिकल माइल भित्रपट्टिको भाग हो । तर एडीआईजेडमा चिनियाँ विमान प्रवेश गर्दा पनि आफूले प्रतिक्रिया ...