बितेका २४ घण्टामा ताइवानको आकाशमा ७१ वटा चिनियाँ लडाकू विमान र सात वटा जहाज तैनाथ भएका छन् । सैन्य सामर्थ्य प्रदर्शनका क्रममा ती विमान र जहाज पठाइएको ताइवानको रक्षा मन्त्रालयले बताएको छ । अमेरिकी वार्षिक रक्षा खर्चमा ताइवानसँग सम्बन्धित प्रावधानलाई अनुमोदन गरेपछि आक्रोशित चीनले सैन्य सामर्थ्य प्रदर्शन गरेको अनुमान गरिएको छ । चीनको स्वशासित टापु ताइवानमा पछिल्ला वर्षमा अमेरिकी संलग्नतालाई लिएर तनाव बढेको छ भने चीनको जनमुक्ति सेनाले चनाखो भएर ताइवानको स्थितिलाई नजिकबाट नियाली रहेको छ । च