टर्कीसँग भूमध्यसागरमा तनाव चलिरहेको बेलामा ग्रीसले फ्रान्समा बनेको राफेल लडाकू विमान किन्ने भएको छ ।
चौथो पुस्ताको यो विमान राजधानी एथेन्स पुगेपछि त्यसलाई तंगारा एयरफोर्स बेसमा शस्त्रपूजा गरिएको छ ।
पादरीले विमान र त्यसका पाइलटहरूलाई आशीर्वाद दिएर स्वागत गरे ।
राफेल विमान पाएपछि सीमाको रक्षा गर्ने ग्रीसको शक्ति बढेको छ । यी विमानहरूमा अत्याधुनिक र जोरदार क्षमता भएको हतियार छ ।
हतियारविद् कोन्सटान्टिनोस गिवासले बताए, ‘यी राफेल विमानहरूमा अत्याधुनिक निगरानी क्षमता छ । यिनमा जडान...