ताइवानमा लडाकू विमान पठाउन चीनले बनायो कीर्तिमान, युद्धको सम्भावना बढ्दै

ताइवानको रक्षा मन्त्रालयले सोमवार आफ्नो हवाईक्षेत्रमा चीनका ५६ वटा युद्धविमानहरू प्रवेश गरेको जानकारी दिएको छ ।  विगत एक वर्षयता ताइवानले सार्वजनिक रूपमा रेकर्ड राख्न थालेदेखिको यो सबभन्दा ठूलो संख्या हो ।  यसअघि एक दिनको रेकर्ड ३९ थियो ।  सोमवार प्रवेश गरेका ५६ चिनियाँ विमानमध्ये ३८ वटा जे–१६ लडाकू विमान, १२ वटा एच–६ बमवर्षक विमान, दुईवटा सु–३० लडाकू विमान, दुईवटा वाई–८ पनडुब्बीप्रतिरोधी युद्धविमान र दुईवटा केजे–५०० विमान छन् ।  ताइवानको हवाईक्षेत्रका रू...