भारतीय वायुसेनाको मिग–२१ लडाकू विमान दुर्घटनाग्रस्त

एजेन्सी। भारतको पञ्जाबको मोगामा भारतीय वायुसेनाको एक विमान दुर्घटना भएको छ। वायुसेनाको मिग–२१ लडाकू विमान दुर्घटनाग्रस्त भएको हो। भारतीय वायुसेनाले विमान नियमित परीक्षण उडानमा रहेको समयमा दुर्घटना भएको जनाएको छ। एएनआईले गरेको ट्विटमा सेनाले गएराति लडाकु विमान दुर्घटना भएको जानकारी दिएको उल्लेख छ।

सम्बन्धित सामग्री

भारतीय वायुसेनाको विमान दुर्घटनाग्रस्त, ग्रूप कप्तानको मृत्यु

भारतीय वायुसेनाको मिग–२१ बाइसन विमान बुधवार बिहान दुर्घटनाग्रस्त भएको छ ।  दुर्घटनामा परी ग्रूप कप्तान ए गुप्ताको मृत्यु भएको छ ।  भारतीय वायुसेनाले ट्वीट गरेर यसको जानकारी दिएको छ ।  मध्य भारतको एक एयरबेसबाट लडाकू प्रशिक्षण मिसनका लागि उडेको विमान बाटैमा दुर्घटनाग्रस्त भएको हो । दुर्घटनाको अनुसन्धानका लागि भारतीय वायुसेनाले कोर्ट अफ इन्क्वायरी गठन गरेको छ ।

Lokaantar

इस्लामावाद पार्क नजिकै लडाकू विमान दुर्घटनाग्रस्त

सैन्य परेडका लागि पूर्वाभ्यास गरिरहेको लडाकू विमान पिएएफ-१६ पाकिस्तानको राजधानी इस्लामावादस्थित एक पार्क नजिकै दुर्घटनाग्रस्त भएको छ।

भारतीय लडाकू विमान दुर्घटनाग्रस्त

भारतीय वायुसेनाको एउटा मिग–२७ लडाकू विमान राजस्थानको जोधपुरमा आइतबार विहान दुर्घटनाग्रस्त भएको छ। नियमित उडानका क्रममा रहेको उक्त विमानका पाइलट भने सकुशल उत्रिएको भारतीय सेनाले जनाएको छ।

सेतोपाटी