चीनका ३९ वटा लडाकू विमान ताइवानको एयर डिफेन्स आइडेन्टिफिकेसन जोन पुगेपछि ताइवानी सेनाले लडाकू विमान र एयर डिफेन्स मिसाइल पठाएको छ ।
चिनियाँ विमानहरूको गतिविधि निरीक्षण गर्नका लागि आफूले सैन्य स्रोत सक्रिय गरेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ ।
अमेरिका र उसका साझेदारहरूको युद्धपोत आइतवार फिलिपिन सागर पुगेकै दिन चीनले ताइवान नजिक लडाकू विमान उडाएको हो । गत अक्टोबर महिनापछि चीनले अत्यधिक संख्यामा विमान उडाएको यो पहिलो अवसर हो ।
ताइवानका पृथक्तावादी र तिनका विदेशी समर्थकहरूलाई कठोर...