युक्रेन संकट चलिरहेको बेलामा रुसले बाल्टिक सागरको तटमा रहेको कालिनिनग्रादमा मिग–३१के फक्सहाउन्ड लडाकू विमान तैनाथ गरेको छ ।
उक्त विमानमा किन्जाल हाइपरसोनिक क्षेप्यास्त्र पनि जडान गरिएको छ ।
रुस र नेटो दुवैले अत्याधुनिक हतियार तैनाथ गरिरहेको अवस्थामा रुसले कालिनिनग्रादको चकालोव्स्क नेभल एयरबेसमा किन्जाल क्षेप्यास्त्र सहितको लडाकू विमान तैनाथ गरेको हो ।
किन्जाल अर्थात् छुरा क्षेप्यास्त्रको अनुमानित रेन्ज १२ सय ४० माइल छ । यसले ५०० किलोटनको आणविक वारहेड पनि बोक्न सक्छ । त्यो भनेको हिरोशिमामा अम...