समयमा रासायनिक मल ल्याउन नसकेर आलोचित हुने गरेको कृषि सामाग्री कम्पनी पछिल्लो समय भने काममा तीव्रता दिएको छ । सामाग्री कम्पनीले साउन पहिलो सातादेखि असोज मध्य सातासम्मको अवधिमा करिब १ लाख मेट्रिक टन मल ल्याउने लक्ष्य राखेको छ । कम्पनीका महानिर्देशक राजेन्द्र कार्कीका अनुसार ३० हजार मेट्रिक टन मल साउन १० गतेदेखि आउन थालेको थियो । जुन, अहिले देशभर वितरण भइरहेको छ । यस्तै, थप ३० हजार मेट्रिक टन मल भारतको विशाखपटनममा आएर बसेको छ ।उक्त मल नेपाल ल्याउनका लागि रेलको र्याकको पखाईमा छ । र्