गहुँ र तरकारीको लागि मल नपुग्ने कुरा कृषि मन्त्रालयलाई जानकारी गराइएको कृषि सामाग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नेत्र बहादुर भण्डारीले बताए । ‘मल ल्याउनका लागि अब जीटूजी बाहेकको अरु विकल्प छैन, यो विषय हामीले मन्त्रालयलाई जानकारी गराइसकेका छौं, जीटूजीबाट मल नआए यस वर्ष पनि पोहोरकै जस्तो अवस्था आउँछ,’ प्रबन्ध सञ्चालक भण्डारीले भने ।