हेटौंडा : बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले आफूले पद छोड्दा बागमती प्रदेशमा पार्टी विभाजनबाट रोकिएको बताएका छन्।बिहिबार पत्रकार सम्मेलन गर्दै पौडेलले आफूले पद त्याग गरेर पार्टी र सिङ्गो कम्युनिष्ट आन्दोलन जोगाएको बताएका हुन्। पहिलेदेखि नै पार्टी एकताको सन्देश दिन आफूहरुले एकताबद्ध भएर काम गर्दै आएको भन्दै पौडेलले पार्टीलाई विभाजन हुन नदिन मुख्यमन्त्री पद त्याग गरेको बताए। ‘केन्द्रमा दल दर्ता हुन लागि सकेको थियो। उता दल दर्ता हुँदा हाम्रो यहाँको धेरै उता जाने स