पूर्व मुख्यमन्त्री डोरमणि पौडेल भन्छन् : बागमती प्रदेश सरकारका कारण संघीयता नै संकटमा !

बागमती प्रदेश सरकार स्थापनाको पाँचौं वर्षमा प्रवेश गर्दैछ । यस अवधिमा प्रदेशले ३ वटा मुख्यमन्त्री पाइसकेको छ । प्रदेश सरकारलाई सबैभन्दा लामो समयसम्म नेतृत्व गरेका डोरमणि पौडेल नेकपा एमाले नेतृत्वको सरकारले जनताको अपेक्षा अनुसार काम गरेको दाबी गर्दछन् । वर्तमान सरकारले जनताको पक्षमा कुनै काम नगर्ने उनको भनाइ छ ।विगतको सरकारले जनताको अपेक्षा अनुसार काम गरेको र त्यसलाई कसैले लुकाउन नसक्ने पौडेल बताउँछन् । वर्तमान सरकारका कारण संघीयता नै संकटमा परेको उनले बताए । ‘यति बेला बागमती प्रदेश सर

सम्बन्धित सामग्री

बागमतीमा ७१ दिनमा ढल्यो एमाले सरकार, एकीकृत समाजवादी सत्तामा

एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नेतृत्वको बागमती प्रदेश सरकार गठन भएको ७१ दिनमा ढल्न पुगेको छ । प्रदेशसभामा अल्पमतमा रहेकी मुख्यमन्त्री शाक्यले विश्वासको मत लिनुअघि नै पदबाट राजीनामा दिएकी हुन् । नेकपा एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन भएसँगै पार्टी विभाजनको क्षति कम गर्ने रणनीति अनुसार एमालेले डोरमणि पौडेललाई राजीनामा गराएर शाक्यको नेतृत्वमा गठन गरेको थियो । तर एमालेको यो ‘फर्मुला’ले शाक्य नेतृत्वको सरकार जोगिन भने सकेन ।तत्कालीन समयमा माधव नेपाल निकट मानिने उनी

बागमती प्रदेशमा सरकार पुनर्गठनका लागि माधव नेपाल समूहको दबाब

बागमती प्रदेश सरकार पुनर्गठनका लागि सत्तारुढ दल नेकपा एमालेभित्र रस्साकस्सी सुरु भएको छ । दुई खेमामा विभाजित एमालेभित्र केपी शर्मा ओली पक्ष यथास्थितिमै अघि बढ्ने जमर्को गर्दैछ भने माधव नेपाल पक्षले सरकार पुनर्गठनका लागि दबाब दिन थालेको हो ।केन्द्रमा पार्टी एकताले गति लिन नसकेको अवस्थामा बागमती प्रदेश सरकारको नेतृत्व परिवर्तनका लागि एमालेको माधव नेपाल पक्षले दबाब बढाएको हो । प्रदेश सरकारको नेतृत्व गर्दै आएका मुख्यमन्त्री डोरमणि पौडेल एमालेमा ओली पक्षका नेता हुन् । प्रदेशसभामा एमालेको प्रस्ट बहुमत

प्रदेशसभा बैठक नेताहरुको शुभकामनापछि स्थगित

बागमती प्रदेशको प्रदेश सभाका सातौँ आधिवशेन सुरु भएको छ । बागमती प्रदेश सरकार गठन भएको तीन वर्ष पुग्नै लाग्दा मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै प्रदेश सभाको अधिवेशन बुधबारबाट सुरु भएको हो । अविश्वास प्रस्ताव छिटो टुङ्गो लाग्ने विश्वाससहित प्रदेश सभाका सदस्यहरुले अधिवेशनको शुभकामनाको साथै अन्यौलता नलम्ब्याउन र लोकतान्त्रिक विधिबाट निर्णयमा पुग्न माग गरेका थिए । तर सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना नभएसममका लागि प्रदेश सभाको बैठक स्थगित गरिएको जानकारी दिनुभयो । प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुले असंवैधानिक ढङ्गले गरिएको प्रतिनिधि सभा विघटनले अस्थिरता सिर्जना गरेको भन्दै सच्चिनुपर्ने बताउनुभयो । प्रदेश सभाको बैठकमा शुभकामना दिँदै मुख्यमन्त्री पौडेलले प्रदेश सभामा देखिएको फरक मत र असन्तुष्टिहरुलाई सम्मान गरिने बताउनुभयो । पाँच वर्षका लागि जनताबाट अख्तियारी पाएको सरकारका प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरी निर्वाचनको मिति घोषणा गरेपछि फरक अवस्था सिर्जना भएको बताउँदै उहाँले केन्द्रमा विवादले केही अन्यौल र तीब्र धु्रबिकरणको प्रतिबम्ब प्रदेश सरकारमा परेको छ भन्नुभयो । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता इन्द्रबहादुर बानियाँले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको मर्म र भावना विपरीत प्रतिनिधि सभा विघटन गरेको बताउँदै जनताले दिएको स्थिर सरकारलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र उसको नेतृत्वको सरकारले अस्थिरता सिर्जना गरेको बताउनुभयो । नेकपा फुटोस् भन्ने पक्षमा काँग्रेस छैन, तपाईहरु मिल्नुहोस्, भन्दै नेता बानियाँले भन्नुभयो, संविधान बनाउने समयको मनसाय र परिकल्पना विपरीत प्रतिनिधि सभ विघटन गरेर नेकपा र प्रधानमन्त्री ओलीले जनताको अपहेलना र लोकतन्त्रप्रति वितृष्णा फैलाउने काम गरेको छ । नेकपाका नेता अष्टलक्ष्मी शाक्यलेले प्रधान