बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले यथास्थितिमा प्रदेशको औचित्य नरहेको बताएका छन् । उनले प्रदेशलाई बलियो नबनाउने हो भने संघीयताको समेत अर्थ नरहने बताए । उनले गठबन्धन नेतृत्वको वर्तमान प्रदेश सरकारले जनतालाई झुक्याइरहेको आरोपसमेत लगाए । प्रदेश सरकारले आफ्नो स्वार्थलाई मात्र महत्त्व दिएको उनको भनाइ छ । प्रदेशको पहिलो मुख्यमन्त्री बन्न सफल उनी अब भने प्रदेशसभा निर्वाचनमा उम्मेदवार नहुने मनसाय राख्छन् । प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुन दबाब आइरहेको तर त्यसबारे आफूले अझै टुङ्गो नगर