नेपाली काँग्रेस दाङको सभापतिमा शंकरप्रसाद डाँगी निर्वाचित भएका छन् । आइतबार डाँगी सभापतिमा निर्वाचित भएका हुन् । डाँगी रामचन्द्र पौडेल पक्षका मानिन्छन् । दाङमा सभापति पदका ४ उमेदवार रहेका थिए ।शनिबार भएको मतदानबाट कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि धेरै मत ल्याउने २ जनामा आइतबार मतदान हुने कार्यक्रम तय भएको थियो । तर शंकरलाई समर्थन गरेका भुपबहादुर डाँगीले उम्मेदवारी फिर्ता लिएपछि उनी सभापतिमा निर्वाचित भएका हुन् । हिजो भएको मतदानमा सभापतिका उम्मेदवारहरु शंकरप्रसाद डाँगीले ७ सय ७६,