दाङ- नेपाली कांग्रेसका अनुराग खड्का लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्। दाङ प्रतिनिधिसभा- १ प्रदेश सभा ‘ख’ बाट खड्का ३ हजार ५२ मतले विजयी भएका हुन्। एमालेका उम्मेदवार कुलबहादुर केसीलाई हराउँदै खड्का निर्वाचित भएका हुन्। खड्काले १६ हजार २२२ र केसीले १३ हजार १७० मत प्राप्त गरे। उनी कांग्रेस नेता खुमबहादुर खड्काका छाेरा हुन्।