काठमाडौं : कोरोनाविरुद्ध खोपको हराएको २४ लाख मात्रा खोप नहराएको तर खोप लगाएर पनि विवरण अद्यावधिक नगरेको बताइएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको खोप छानबिन समितिले खोप नहराएको तर विवरण अद्यावधिक नगरिएको प्रतिवेदन बुझाएको हो। खोप छानबिन समितिका एक सदस्यले भने‚ 'जसरी बाहिर खोप हरायो भनेर आयो। त्योभन्दा पनि खोपको विवरण अद्यावधिक गरिएको रहेनछ। कोरोना महामारीका कारणले धेरै स्थानबाट विवरण अद्यावधिक भएको थिएन। अहिले सबै हिसाब मिलेको छ।'प्रतिवेदनमा कति खोप