काठमाण्डाै - निर्वाचन आयोगले पार्टी सदस्यहरुको विवरण चुस्तदुरुस्त र अद्यावधिक राख्न दलहरुलाई निर्देशन दिएको छ ।
आयोगले विज्ञप्ति निकालेर बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीहरु तथा संविधान र कानुनबमोजिम राजनीतिक दलको सदस्य हुन अयोग्य रहेको व्यक्ति दलको सदस्य रहेको भए कारबाही गर्न समेत निर्देशन दिएको छ ।
आयोगले राजनीतिक दलहरुलाई सदस्यता वितरण गर्दा राजनीतिक दल सम्बन्धी ऐनको पूर्ण रुपले पालना गर्न गराउन र यसरी वितरण गरिएको सदस्यतासम्बन्धी विवरण निर्वाचन आयोगबाट माग गरिएको बेला उपलब्ध गराउन सक्ने गरी अद्यावधिक राख्न ...