कर्णाली प्रदेश सरकारले गत आर्थिक वर्ष एउटा महत्वाकांक्षी योजना सार्वजनिक गर्यो– ३ लाख घरमा खरका छाना हटाएर टिन हाल्ने । यसको लागि २५ करोड ५० लाख रुपैयाँ विनियोजन गरियो । तर, खरका छाना विस्थापित नहुँदा कर्णालीका बस्तीहरु बर्सेनि आगलागीले जल्ने गरेका छन् ।