पाँचथर : गत साता जिल्लाको सदरमुकाम फिदिम बजार नजिकैको थाक्लेस्थित देउराली र सिंहदेवी सामुदायिक वनमा लागेको डढेलोले बस्ती जोखिममा परेपछि बस्तीतर्फबाट जंगलमा डढेलो लगाई क्षति हुनबाट रोकियो। खडेरीले सुक्खा बनेको जंगलमा क्षणभरमै डढेलो फैलने र हावाको बहावले टाढा–टाढासम्म पुग्ने भएपछि नियन्त्रण गर्न स्थानीयवासी र सुरक्षाकर्मीलाई कठिन पर्यो। यसैले बस्ती तर्फबाटसमेत डढेलो लगाउने, अग्नि रेखा बनाई डढेलो बस्तीसम्म फैलन नदिने प्रयास गरियो।यतिको प्रयासका बाबजुद पनि सुक्खा क्षेत्रमा आगोले छिट्टै धे