बस्ती जोगाउन बुङखोलाको व्यवस्थापन गर्दै कालिका नगरपालिका

मुग्लिन, २१ असार । चितवनको कालिका नगरपालिकाले बस्ती डुबानबाट जोगाउनका लागि बुङखोलाको व्यवस्थापन गर्ने भएको छ । नगरपालिकाको ५ वटा वडाका बस्ती बर्सेनि डुबानमा पर्दै आएकाले वडा नं ७ मा पर्ने बुङखोलालाई थाङखोलामा मिसाउने गरी व्यवस्थापनको काम सुरु गरिएको हो । बुङखोलादेखि थाङखोलासम्म नहर निर्माण गर्ने कार्य भइरहेको कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले जानकारी दिए […]

सम्बन्धित सामग्री

चेपाङलाई आत्मनिर्भर बनाउँदै कालिका नगरपालिका

चितवनको कालिका नगरपालिका पहाडी क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदायलाई आत्मनिर्भर बनाउने अभियानमा जुटेको छ । ग्रामीण क्षेत्रमा बाँझो रहेको जमिनमा खेती गरी उब्जनीले यो समुदायलाई आत्मनिर्भर बनाउन नगरपालिका लागिपरेको हो ।

एक हजार विपन्नको स्वास्थ्य बीमा गर्दै कालिका नगरपालिका

चितवनको कालिका नगरपालिकाले चालु आर्थिक वर्षमा एक हजार विपन्न परिवारको स्वास्थ्य बीमा गर्ने भएको छ। नगरक्षेत्रभित्र स्थायी बसोबास गर्ने आर्थिक रुपमा विपन्न परिवारलाई नगरपालिकाले स्वास्थ्य बीमाका लागि फाराम भर्न आज सूचना जारी गरेको हो।

एक हजार विपन्नको स्वास्थ्य बीमा गर्दै चितवनको कालिका नगरपालिका

भरतपुर- चितवनको कालिका नगरपालिकाले चालु आर्थिक वर्षमा एक हजार विपन्न परिवारको स्वास्थ्य बीमा गर्ने भएको छ । नगरक्षेत्रभित्र स्थायी बसोबास गर्ने आर्थिक रुपमा विपन्न परिवारलाई नगरपालिकाले स्वास्थ्य बीमाका लागि फाराम भर्न आज सूचना जारी गरेको हो । नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममै समावेश गरेको ‘नगर प्रमुख विपन्न स्वास्थ्य बीमा कार्यक्रम’ लाई कार्यविधि बनाएर कार्यान्वयनमा ल्याउन […]

घर अभिलेखिकरणलाई व्यवस्थित गर्दै चितवनको कालिका नगरपालिका

चितवन । कालिका नगरपालिकाले नगरक्षेत्रभित्र बनेका घरहरुको अभिलेखीकरणलाई व्यविस्थत गर्ने तयारी थालेको छ । कार्यपालिकाको बैठकले अर्को सातादेखि नयाँ तथा पुराना घरहरुको अभिलेखीकरण गर्ने निर्णय गरेको छ । राष्ट्रिय भवन संहिता २०७२ लागुहुनुपूर्व र संहित २०७२ लागु भए पश्चात बनेका सबै घरहरुको अभिलेखीकरण गर्ने निर्णय भएको हो । नगरपालिका गठन हुनुभन्दा अघि र गठन भएपछि स्वीकृत लिई वा नलिई बनेका घरहरुको अभिलेख राख्ने नगरपालिकाको योजना छ । घर अभिलेखीकरणका लागि नगरपालिकाले भवनहरुको अभिलेख तथा घर नक्सा व्यवस्था सम्बन्धी निर्देशिका समेत तयार पारेको छ । नगरभित्र बनेका पुराना तथा नयाँ घर दुवै अभिलेखीकरण गर्ने गरि निर्देशिका तयार पारिएको हो । नक्सा पास भएका र नक्सापास विना बनेका घरहरुपनि अभिलेखीकरण गर्ने कार्यपालिकाको बैठकले निर्णय गरेको कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले बताए  । मापदण्ड अनुसार बनेका घरहरुलाई निश्चित शुल्क लिएर अभिलेख भएको प्रमाणपत्र दिनेछ । त्यसका लागि घरधनीले सधियार सहित पाँचजना स्थायी बसोबास गरेका व्यक्तिहरुको नागरिकता सहित साक्षी राखेर घरलाई अभिलेखीकरण गरिनेछ । बाटो र कुलोमा परेको घर बाहेक सबै खालका घरलाई अभिलेखीकरण गर्ने गरी निर्णय भएको छ । विवादित जग्गामा बनेको घरलाई भने अभिलेखीकरण गरिने छैन् । ‘शिक्षक, कर्मचारी, जनप्रतिनिधि सबैको घर अभिलेखीकरण यो वर्ष हुन्छ’ नगर प्रमुख रेग्मीले भने,  ‘जहाँ जस्तो अवस्थामा छ त्यस्तै खालले अभिलेख राखिनेछ’ । यो पटक सबैलाई मापदण्डमा ल्याउने प्रयास भइरहेको छ । नगरक्षेत्रभित्रका धेरै घर अभिलेखीकरण हुन छुटेकाले अन्तिम पटकका लागि अभिलेखीकरण गर्न लागिएको नगर प्रमुख  रेग्मीको भनाई छ । घर अभिलेखीकरण गर्न नमान्नेहरुलाई राज्यले दिने सेवा सुविधावाट बञ्चित गर्न सक्ने अधिकार छ । तर अवसर नै नदिई बञ्चित गर्न नहुने नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव प्रसाद उपाध्यायले बताए  । ‘घर अभिलेखीकरणका लागि यो अन्तिम पटक अवसर आएको छ प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले भने, यो अवसरको सदुपयोग नगरबासीले गर्नुपर्छ ।’ नगर प्रमुख रेग्मीको अध्यक्षतामा बसेको बैठकमा भवन तथा वस्ती विकाश तथा स्थानीय भू–उपयोग शाख प्रमुख इन्जिनियर किशोर खतिवडाले घर अभिलेखीकरण सम्बन्धी निर्देशीका बारे प्रकाश पारेका  थिए  । बैठकमा उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृत सहित वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरुको उपस्थिति थियो ।

मोटरसाइकल र स्कुटर ठोक्किदा एकको मृत्यु, दुईजना घाइते

आज (मंगलबार) दिउँसो कालिका नगरपालिका ५ सिमाचोकमा दुर्घटना हुँदा मोटरसाइकलमा सवार कालिका नगरपालिका ९ का बलबहादुर तामाङको मृत्यु भएको हो।...

चितवनको कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा एमाले विजयी

चितवनः चितवनको कालिका नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन्। प्रमुखमा एमालेका विनोद रेग्मीले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका शिवराम केसीलाई १४३ मतान्तरले विजयी भएका हुन्।   रेग्मीले १० हजार ७१४ मत प्राप्त गर्दा केसीले १० हजार ५७१ मत प्राप्त गरे। यस्तै उपप्रमुखमा पनि एमालेकै बिमला लामाले…

कालिका नगरपालिका जगतबहादुर तामाङको परिवार १२ दिनदेखि घरबिहिन

चितवनको कालिका नगरपालिका–८ न्यूरेनिस्थित आपडाँडाका जगतबहादुर तामाङको परिवार १२ दिनदेखि घरबिहिन छन्।...

मिर्गौला प्रत्यारोपण गरेकालाई मासिक भत्ता दिँदै कालिका नगरपालिका

चितवनको कालिका नगरपालिकाले मिर्गौला प्रत्यारोपण गरेका बिरामीलाई मासिकरूपमा आर्थिक सहायता प्रदान गर्ने भएको छ। नगरपालिकाले यही पुस ९ गते सार्वजनिक सूचना जारी गर्दै मिर्गौला प्रत्यारोपण गरेका नगरवासीलाई १५ दिनभित्र नगरपालिकामा सम्पर्क गर्न अनुरोध गरेको छ।

चेपाङ छात्रावास बनाउँदै कालिका नगरपालिका

चितवन : जिल्लाको कालिका नगरपालिकाले सीमान्तकृत चेपाङ समुदायका बालबालिकालाई शिक्षा क्षेत्रमा अगाडि बढाउन विभिन्न कार्यक्रम ल्याएको छ। नगरपालिकाले आवासीय रुपमा अध्ययन सुविधा दिन थप दुई स्थानमा छात्रावास निर्माण गरिरहेको हो। नगरपालिकाले पहाडी क्षेत्रमा पर्ने वडा १० को मझवाङ मावि र वडा ९ को चतुर्मुखी माविमा प्रजा (चेपाङ) छात्रावास निर्माण गरिरहेको छ। नगरपालिकाका इन्जिनियर राजेश कोइरालाका अनुसार मझवाङ माविमा ५० जनासम्म विद्यार्थी बस्न सक्ने गरी छात्रावास निर्माण थालिएको हो। हरेक तलामा तीनवटा शौच