खोला मिचेर प्लटिङ र घर, बर्सेनि बाढीको बबन्डर

काठमाडौं, साउन २६ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकास्थित मनोहरा फाँटमा अव्यवस्थित रूपमा गरिएको प्लटिङका कारण बर्सेनि बाढीले बबन्डर मच्चाउने गरेको छ। बर्खायाम सुरु भएपछि सामान्य डुबानमा परिरहेको मनोहरा फाँटसहित आसपासका बस्ती मङ्गलबार रातिदेखि भएको भीषण वर्षाका कारण जलमग्न भए। मनोहरा मात्र होइन, काठमाडौं उपत्यकाका मुख्य नदी र खोलाको नै अवस्था उही हो। कागेश्वरी मनोहरासँगै गोकर्णेश्वर […]

सम्बन्धित सामग्री

पहिरोको जोखिममा परेपछि वालिङका ५ घरपरिवार विस्थापित

२१ असोज, स्याङ्जा । अविरल वर्षासँगै पहिरो खस्दा स्याङ्जाको वालिङ–१३ ठूलाखेतका ५ घर जोखिममा परेका छन् । प्लटिङ गरिएको जग्गामा लगाइएको अग्लो पर्खाल भत्किएर पहिरो जाँदा ५ घर जोखिममा परेको र त्यहाँका मानिसहरु विस्थापित भएको वडा अध्यक्ष नमलाल डुम्रेले जानकारी दिए । उनका अनुसार स्थानीय धनबहादुर डाला, पृथलाल गुरुङ, तनबहादुर सारु, इन्द्रबहादुर सार्की र रामबहादुर […]

जग्गा प्लटिङ गर्नेहरु ऋणमा डुब्नथाले

काठमाडौं, २३ असार । जग्गा प्लटिङ धेरैको व्यवसाय नै भयो । छोटो समयमा थोरै लगानीले मनग्य आम्दानी गर्नेहरु पनि भए । यसमा हौसिएर कतिपयले करोडौं ऋण लिएर लगानी गरे । बैंकहरुले पनि त्यस्ता व्यवसायीलाई आँखा चिम्लिएर ऋण दिए । घर घरमा जग्गा किनबेच गराउने विचौलिया जन्मिए । कतिपयले नियमित आम्दानीको काम नै छाडेर जग्गा कारोबारमा […]

काठमाडौंको ढुंगेअड्डामा ट्रकले ठक्कर दिंदा मोटरसाइकलमा सवार महिला घाइते

२६ जेठ, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५ ढुंगेअड्डामा ट्रकको ठक्करबाट मोटरसाइकलको पछाडि सवार एक जना महिला घाइते भएकी छन् । आज बिहान ८ः१० बजे भएको दुर्घटनामा गोर्खा घर भई चेकपोष्ट गुम्बा पाल्टेन प्लटिङ बस्ने ३३ वर्षीया महिला घाइते भएको प्रहरीले जनाएको छ । कलंकीबाट थानकोटतर्फ जाँदै गरेको बागमती प्रदेश ३–००१ ख १५८५ नम्बरको ट्रकले सोही […]

अब काठमाडौंमा घर बनाउन ४ आना जग्गा अनिवार्य (राजपत्रसहित)

काठमाडौं : सहरी तथा सहरोन्मुख क्षेत्रमा खाली जग्गा देख्नेबित्तिकै प्लटिङ गर्ने र घडेरीका रुपमा बिक्री वितरण गर्ने क्रम अत्यधिक रुपमा बढेपछि सरकारले त्यसलाई रोक लगाउने भएको छ। विशेषगरी जग्गा कारोबारीले जस्तासुकै जग्गा पनि कागज मिलाएर खण्डीकरण गर्ने, अत्यधिक मूल्य लिएर बिक्री वितरण गर्ने गरेको पाइएपछि मन्त्रालयले त्यसमा रोक लगाउन लागेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार अब काठमाडौँ उपत्यकाभित्र पाँच सय वर्ग मिटरभन्दा कम क्षेत्रफल भएका कुनै पनि जग्गाको खण्डीकर

‘घर जग्गा कारोबारमा तीनै तहका सरकारसँग स्पष्ट नीति छैन’

काठमाडौं । घर जग्गा कारोबार गर्न तीनै तहका सरकारसँग स्पष्ट नीति नभएको घर जग्गा व्यवसायीहरुले बताएका छन् । घर जग्गा व्यवसायीहरुले घर जग्गाको प्लटिङ भन्दा केही घर जग्गाको विषयमा ज्ञान नभएकाले पनि व्यवसाय सुरु गरेकाले नीतिगत रुपमा समेत समस्या आएको बताएका छन् । घर जग्गा कारोबारमा नीतिगत अस्पष्टताका कारण व्यवसायीलाई नीतिगत रुपमा चलाउन नसक्नु सरकारको […]

काठमाडौंमा अनलाइन जुवा खेलाउने गिरोह

काठमाडौंमा अनलाइन जुवा खलाउने गिरोह सक्रिय रहेको पाइएको छ । काठमाडौँको बौद्धस्थित प्लटिङ नजिकको एक रेष्टुरेन्टमा जुवा (बिङ्गो) खेल्दै गरेका ७४ जनालाई प्रहरीले पक्राउ गरेपछि यो रहस्य खुलेको हो । समाचार अनुसार दोलखा घर भई हाल बानेश्वर बस्ने ३० वर्षीय सुभाष घिसिङले सञ्चालन गरेको रेष्टुरेन्टमा आइतबार साँझ महानगरीय प्रहरी परिसर र प्रहरी वृत्त बौद्धबाट खटिएको …

भक्तपुरका ९२ ठाउँमा अनधिकृत प्लटिङ, अनुमति नलिएका प्लटिङ किनबेचमा रोक लगाइने

माघ ६, काठमाडौं । भक्तपुर जिल्लाका ९२ ओटा ठाउँमा अनधिकृत प्लटिङ गरिरहेको पाइएको छ । पछिल्लो एक वर्षदेखि नयाँ अनुमति कसैले नपाएपनि नयाँ नयाँ ठाउँमा प्लटिङ गरेको पाइएपछि जिल्ला आयुक्तको कार्यालय भक्तपुरले अनुगमन अघि बढाएको थियो । अनुगमनको क्रममा सूर्यविनयाक नगरपालिकामा ११ ओटा ठाउँमा, मध्यपुर थिमि नगरपालिकामा एक ठाउँमा र चागुनारायण नगरपालिकामा ८० ओटा ठाउँमा अनधिकृत प्लटिङ भइरहेको पाइएको हो ।  अनुमति लिएर प्लटिङ गर्दा बाटो ठूलो छोड्नुपर्ने, खुल्ला क्षेत्र छोड्नुपर्ने, वातावरणीय मूल्याङ्कन गर्नुपर्ने लगायतका कारणले घरजग्गा व्यवसायीले छोटोबाटो बाट प्लटिङ गर्ने गरेको भक्तपुर जिल्ला आयुक्त राजेन्द्र प्रसाद पाण्डेले अभियानलाई बताए । 'अहिले धेरै नाफा कमाउन र छिटो नाफा कमाउन अनुमति नलिइ गरिएका प्लटिङमा भोलि मानबीय क्षति हुने अवस्था आयो भने को जिम्मेवार हुन्छ ?' पाण्डेले प्रश्न गर्दै भने, 'डाँडा पनि मासेका छन्, खोला पनि मासेका छन् । बस्नै नमिल्ने, बेच्नै नमिल्ने घडेरी निकालेर बेचविखन गरिरहेका छन् ।  यसलाई रोक्न हामि कडा कदम चाल्दै छौ ।' ललितपुर जिल्ला आयुक्तको कार्यालयले पनि अनधिकृत प्लटिङ भइरहेको ठाउँमा अनुगमन गरिरहेको छ । मापदण्ड नपुगेका र वातावरणमा प्रतिकुल असर पुग्न सक्ने देखिएमा उपत्यका विकास प्राधिकरणले त्यस्ता घरजग्गा किनबेचमा रोक लगाउने तयारी गरेको छ । यो पनि पढ्नुस-  घरजग्गा कारोबारमा मन्दी : ब्याज तिर्न सस्तोमा जग्गा बेच्दै व्यवसायी, पुसमा झन घट्यो कारोबार प्लटिङले सखाप हुँदै उपत्यकाका डाँडा : डाँडा काटेर खोलानाला पुर्दै, घर नबन्ने ठाउँमा पनि प्लटिङ गर्दै काठमाडौंबाट १५ किलोमिटर टाढा रहेको गोदावरीमा किन आकासियो जग्गाको भाउ ? आनाको ५ देखि १० लाखमै जग्गा पाइने उपत्यकाका यी ठाउँ, सबैको रोजाइमा परेपनि किन छन् सुनसान ? सुक्खा बन्दरगाहले नेपालकै नं १ व्यापारिक हब बन्दै बल्खु-कलंकी क्षेत्र, न्यूरोडका ३५०० होलसेल बल्खु सर्दै धमाधम टाट पल्टिदै चिनियाँ रियल इस्टेट कम्पनी, १० वर्ष यताकै ठूलो मन्दी, नेपालको अवस्था के छ ?

किसानलाई धान भित्र्याउन चटारो

भक्तपुर योसीङख्योमा घर भित्र्याउन सुकाएको धान सफा गर्दै किसान ।  घरजग्गाको लागि खेती योग्य जमिन प्लटिङ गर्ने क्रम बढेसँगै भक्तपुरमा धानको उत्पादन घटेको छ । तस्बिर : लक्ष्मी गारु/रासस