इलाम : भारतको ब्रह्मपुत्र नदीदेखि पाकिस्तानको इन्दुस नदीसम्म फैलिएको शिवालिक भू–परिधि नेपालमा चुरे क्षेत्रका नामले परिचित छ।करिब चार करोड वर्ष पहिले हिमालयको उत्पत्तिको क्रममा नदीजन्य पदार्थहरू थुप्रिएर बनेको सबैभन्दा कान्छो पहाड नै चुरे पहाड शृङ्खला हो।तर पछिल्लो समय चुरे क्षेत्रमा दोहनको क्रम बढेको छ। इलाममा पार्क बनाउने नाममा होस् या मानव बस्ती चुरे क्षेत्रमा रहेको वनमा अतिक्रमणको क्रम बर्सेनि बढ्दो छ।सरकारले देशभर ४० प्रतिशत वन क्षेत्र कायम राख्न वन अतिक्रमण नियन्त्रण रणनीति,