काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवासमा बसेको सत्तारुढ गठबन्धन आबद्ध दलको बैठक एमसीसीका विषयमा अलमल गरेरै सकिएको छ । बैठकमा मन्त्रीपरिषद् विस्तार, सरकारले ल्याएका अध्यादेश, संसद् सञ्चालन लगायतका विषयमा भने छलफल भएको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए ।