बालुवाटार बैठक सकियो

न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीचको छलफल सकिएको छ । बिहीबार राति कांग्रेससँगको छलफलका लागि एमाले शीर्ष नेताहरु बालुवाटार पुगेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवासहितका कांग्रेस नेताहरुबीचको छलफल सकिएको हो ।

सम्बन्धित सामग्री

बालुवाटार बैठक छाडेर बालकोट लागे प्रचण्ड

१० पुस, काठमाडौं । सत्ता गठबन्धनको बैठक छाडेर बालुवाटारबाट बाहिरिएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट प्रस्थान गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद छाड्न नसक्ने अडान लिएपछि प्रचण्ड बैठकबाट बाहिरिएका थिए । माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले भने, […]

बालुवाटार बैठक निश्कर्षविहीन, भोलि विहान पुनः बैठक बस्ने

काठमाडौं, ९ पुष । सत्ता गठबन्धनको बैठक भर्खरै सम्पन्न भएको छ । आज साँझ बालुवाटारमा बसेको गठबन्धनको बैठक बिनानिश्कर्ष टुँगिएको हो । अब बन्ने सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे गठबन्धनमा सहमति हुन सकेको छैन् । बैठकपछि प्रतिक्रिया दिँदै कांग्रेस नेता एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बैठक सकारात्मक रहेको भन्दै भोलि विहानसम्म निश्कर्षमा पुगिने विश्वास दिलाए […]

बालुवाटार बैठक निष्कर्षहीन, शनिबार पनि बस्ने

आगामी सरकार गठनलगायत शक्ति बाँडफाँडमा समझदारी बनाउन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच बालुवाटारमा भएको बैठक निष्कर्षविहीन भएको छ ।  दुई नेताबीच करिब साढे दुई घण्टा छलफल...

बालुवाटार बैठक : गठबन्धनलाई निरन्तरता दिने निर्णय

काठमाडौं : पाँचदलीय सत्ता गठबन्धनको आज बसेको बैठकले अहिलेको पाँचदलीय सत्ता गठबन्धन जारी राख्ने निष्कर्ष निकालेको छ।बैठकले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षासमेत गरेको नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले जानकारी दिए।चुनावपछिको पहिलो बैठक भएकाले निर्वाचनको सामान्य समीक्षा गरिएको र आगामी दिनमा यही गठबन्धनको सरकारलाई निरन्तरता दिने निष्कर्ष निकालिएको उनले बताए।बैठकले हालै भएको प्रतिनिधिसभा र प्रदेशसभा चुनावको परिणामले गठबन्धनको आवश्यकता र सान्दर्भिकतालाई फ

बालुवाटार बैठक : कार्यपालिका र जिससमा पनि गठबन्धन कायम राख्न निर्देशन

काठमाडौं : सत्तारूढ पाँच दलीय गठबन्धनको बैठकले स्थानीय कार्यपालिकाको निर्वाचन र जिल्ला समन्वय समितिको निर्वाचनमा पनि गठबन्धनलाई कायम राख्न निर्देशन दिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बसेको बैठकले कार्यपालिका र जिससमा पनि गठबन्धन कायम राख्न निर्देशन दिएको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको स्वकीय सचिव रमेश मल्लले बताए। बैठकमा स्थानीय निर्वाचनको समीक्षा गरेको समेत बताए। बैठकमा गठबन्धनका दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनत

बालुवाटार बैठक स्थगित, भागबण्डा आजै टुंग्याउने दाबी

काठमाडौं : आसन्न स्थानीय तह निर्वाचनमा महानगर र गाउँपालिकालगायत विभिन्न पालिकाहरुमा बाँडफाँड गर्न सत्तारुढ गठबन्धनको निष्कर्षविहीन टुंगिएको छ। गठबन्धन बैठक आजै पुनः बस्ने गरि स्थगित भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए। उनले बिहानदेखि केही मिडियामा महानगर र उपमहानगरको विभाजनसम्बन्धी भनेर आएको प्रस्ताव सही नभएको समेत बताए। आज बेलुकासम्म टुंगो लाउने गरि छलफल चलिरहेको बताए। प्रचण्ड बालुवाटार बैठकपछि स्थानीय चुनाव र गठबन्धनबारे जान

सत्ता गठबन्धन तीन घण्टे बैठक निष्कर्षविहीन, भोलि १० बजे अर्को बैठक बस्ने

‘आजको बालुवाटार बैठक सकियो,’ सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भन्नुभयो, ‘गठबन्धनका शीर्ष नेतृत्वको बैठक भोलि बिहान १० बजे बालुवाटार बोलाइएको छ ।’

बालुवाटार बैठक निष्कर्षविहीन, एमसिसीबारे फुकेन गाँठो

काठमाडौं : सत्तारूढ गठबन्धनका शीर्ष तीन नेताहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफलमा बसेको बैठक बिना निष्कर्ष टुंगिएको छ।अमेरिकी सहयोग परियोजना एमसिसीको विवाद पेचिलो बनिरहेको बेलामा बसेको प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच छलफल बिना निष्कर्ष सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए। उनले भने, ‘आजको बैठकले कुनै निर्णय गरेको छैन। छलफलको लागि फेरि बैठक बस्नुहुन्छ।’त्यसो

बालुवाटार बैठक निष्कर्षविहीन, चार बजे फेरि बस्ने

काठमाडौं : सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक बिनानिष्कर्ष सकिएको छ। शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक आजै चार बजे फेरि बस्ने गरी सकिएको हो।प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले अपरान्ह ४ बजे फेरि बस्ने गरी अहिलेको बैठक टुंगिएको जानकारी दिए।बैठक स्थानीय तहको निर्वाचनको मिति तय गर्नेबारे केन्द्रित रहेको बताइएको छ। स्थानीय तहको निर्वाचन मात्र नभई तीनवटै तहको निर्वाचन एकैपटक गर्ने विषयमा पनि सत्तारूढ दलहरुबीच छलफल चलेको छ भने