काठमाडौं : सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक बिनानिष्कर्ष सकिएको छ। शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक आजै चार बजे फेरि बस्ने गरी सकिएको हो।प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले अपरान्ह ४ बजे फेरि बस्ने गरी अहिलेको बैठक टुंगिएको जानकारी दिए।बैठक स्थानीय तहको निर्वाचनको मिति तय गर्नेबारे केन्द्रित रहेको बताइएको छ। स्थानीय तहको निर्वाचन मात्र नभई तीनवटै तहको निर्वाचन एकैपटक गर्ने विषयमा पनि सत्तारूढ दलहरुबीच छलफल चलेको छ भने