काठमाडौं : आसन्न स्थानीय तह निर्वाचनमा महानगर र गाउँपालिकालगायत विभिन्न पालिकाहरुमा बाँडफाँड गर्न सत्तारुढ गठबन्धनको निष्कर्षविहीन टुंगिएको छ। गठबन्धन बैठक आजै पुनः बस्ने गरि स्थगित भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए। उनले बिहानदेखि केही मिडियामा महानगर र उपमहानगरको विभाजनसम्बन्धी भनेर आएको प्रस्ताव सही नभएको समेत बताए। आज बेलुकासम्म टुंगो लाउने गरि छलफल चलिरहेको बताए। प्रचण्ड बालुवाटार बैठकपछि स्थानीय चुनाव र गठबन्धनबारे जान