बालुवाटार बैठक छाडेर बालकोट लागे प्रचण्ड

१० पुस, काठमाडौं । सत्ता गठबन्धनको बैठक छाडेर बालुवाटारबाट बाहिरिएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट प्रस्थान गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद छाड्न नसक्ने अडान लिएपछि प्रचण्ड बैठकबाट बाहिरिएका थिए । माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले भने, […]

सम्बन्धित सामग्री

प्रचण्डलाई ७ दलका १६६ जना सांसदको समर्थन

काठमाडौं : बालकोट बैठकले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा भएको छलफलमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने विषयमा सहमति भएको छ। सत्तारुढ गठबन्धनमा कुरा नमिलेपछि प्रचण्ड आज बालुवाटार बैठक छाडेर बालकोट पुगेका थिए। बालकोटमा प्रचण्ड र ओलीसँगै अन्य सात…

बालकोट पुगे प्रचण्ड बालकोट, वार्तामा राई र लामिछाने पनि

सत्तागठबन्धनमा सहमति नजुटेपछि बालुवाटार बैठक छाडेर हिँडेका माओवादी अध्यक्ष प्रचण्ड बालकोट पुगेका छन्। कांग्रेस पहिलो कार्यकाल प्रधानमन्त्री छाड्न तयार नभएपछि प्रचण्ड केपी ओली निवास बालकोट पुगेका हुन्। दुई नेताबीचको छलफल सुरु...

बालुवाटार बैठक छोडेर बाहिरिए प्रचण्ड, ओलीलाई फकाउन बालकोट जाँदै

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्तारुढ गठबन्धनको बैठकबाट बाहिरिएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोटतर्फ लागेका छन्। बालुवाटारमा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग नयाँ सरकार गठनका विषयमा कुरा नमिलेपछि उनी ओलीलाई फकाउन बालकोट लागेका हुन्। देउवा र प्रचण्डबीच कसले पहिला सरकारको नेतृत्व गर्ने भन्नेमा कुरा मिल्न सकेको छैन।

बालुवाटार बैठक छाडेर ओली निवास पुगे प्रचण्ड

सत्ता गठबन्धनको बैठक छाडेर बालुवाटारबाट बाहिरिएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट प्रस्थान गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद छाड्न नसक्ने अडान लिएपछि प्रचण्ड बैठकबाट बाहिरिएका थिए । उनी सिधै ओलीसँग छलफल गर्न बालकोट पुगेका हुन् ।  राष्ट्रपति […]