आगामी सरकार गठनलगायत शक्ति बाँडफाँडमा समझदारी बनाउन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच बालुवाटारमा भएको बैठक निष्कर्षविहीन भएको छ ।
दुई नेताबीच करिब साढे दुई घण्टा छलफल...
काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागिताको विषयमा टुङ्गो लगाउन यही पुस १६ गते शनिबार स्थायी समितिको बैठक बोलाएको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकले निर्वाचनमा पार्टीले प्राप्त गरेको परिणामको समीक्षा, पछिल्लो पटक विकास भएको राजनीतिक घटनाक्रममा पार्टीले निर्वाह गर्ने भूमिका, आगामी दिनका लागि रणनीति तथा कार्ययोजना, पार्टीले सरकारमा […]
नेकपा एमालेको सचिवालय बैठक शनिबार बिहान बस्ने भएको छ । आज दिउँसो १ बजेका लागि बोलाएको बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको पार्टी केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिए । पार्टी कार्यालय च्यासलमा बस्ने बैठकले समानुपातिक संसद्को नाम तय गर्नेछ । साथै बैठकमा निर्वाचनको समीक्षा र नयाँ सरकार गठनमा पार्टीको भूमिकाको विषयमा पनि छलफल हुने बताइएको छ । निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने सांसदहरुको सूची शनिबारसम्म पेस गर्न दलहरुलाई समय दिएको छ ।
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही मङ्सिर २४ गते शनिबार बस्ने भएको छ।पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समीक्षा, नयाँ सरकार गठनलगायत विषयमा छलफल हुने बताइएको छ।उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
२२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले आगामी शनिबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बोलाइएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । ४ मंसिरको निर्वाचन सम्पन्न भएपछि पहिलो पटक कांग्रेसको बैठक बस्न लागेको हो । बैठकमा चुनावी समीक्षा हुने नेताहरुले बताएका छन् । कांग्रेस केन्द्रीय […]
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आगामी शनिबार बस्ने भएको छ ।शनिबार दिउँसो एक बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगरमा बस्ने बैठकमा निर्वाचनको समीक्षा हुनुको साथै नयाँ सरकार गठनबारे छलफल हुने बताइएको छ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
वीरेन्द्रनगर नगरपालिकाको मतगणनाका लागि शनिबार सर्वदलीय बैठक बस्ने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार बिहान ७ बजे जिल्ला प्रशासन कार्यालय सुर्खेतको सभाहलमा सर्वदलीय बैठक बस्ने जानकारी दिएको हो ।
काठमाडौं : ललितपुर महानगरपालिकामा मतगणनाका लागि शनिबार सर्वदलीय बैठक बस्ने भएको छ। शुक्रबार सम्पन्न स्थानीय निर्वाचनको मतगणनाका लागि शनिबार बिहान ७ बजे सर्वदलीय बैठक बस्ने भएको हो। ललितपुरमा नेपाली कांग्रेसबाट चिरिबाबु महर्जन, नेकपा एमालेबाट हरिकृष्ण ब्यन्जनकार, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अष्टबहादुर महर्जनले मेयरमा उम्मेदवारी दिएका छन्। यसअघिको स्थानीय चुनावमा चिरिबाबु महर्जनले जितेका थिए।
काठमाडौँ । सत्ता गठबन्धनको आज बिहान बसेको बैठक असफल भएको छ । बैठक आजै अपराह्न फेरि बस्ने भएको छ । स्थानीय तह निर्वाचनबारे छलफल गर्न शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुको बैठक बसेको थियो । आन्तरिक छलफल गरेर फेरि बैठक बस्ने गरी बिहानको बैठक सकिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
काठमाडौँ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक शनिबार बस्ने भएको छ । महाधिवेशनका सम्पूर्ण प्रक्रिया पूरा भएपछि शनिबार नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक बस्न लागेको हो । मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवाले शुक्रबार केन्द्रीय कार्यालयमा पदभार ग्रहण गर्ने र शनिबार पहिलो बैठक बस्ने कार्यक्रम रहेको जानकारी दिए […]