भदौ १३, टोकियो । अमेरिकी फर्मा कम्पनी मोडेर्ना इंकको कोभिड विरोधी खोपका केही भाइलमा बाहय वस्तु भेटिएपछि जापानले ती भाइलहरु पर्ने तीन लटका लाखौं खोप प्रयोगमा प्रतिबन्ध लगाएको थियो ।
तर कम्पनीको प्रयोगमा आइनसकेको खोपको एक भाइलमा बाह्य वस्तु पाइएको शुक्रवार ओकिनावा प्रिफेक्चरल सरकारले बताएको छ । सो भाइल सरकारले यस अघि नै बाह्य वस्तु पाइएको भन्दै प्रयोगमा रोक लगाएको लटको भने होइन ।
इबाराकी, साइतामा, टोकियो, गिफु र आईची प्रिफेक्चरका आठ खोप स्थलहरुमा प्रयोग नभएका ३९ भाइलमा बाह्यक वस्तु पुष्टि भएको बिहिवार जापानको स्वास्थ्य मन्त्रालयले बताएको थियो । सोही दिन मन्त्रालयले सावधानी अपनाउने क्रममा बाह्य वस्तु भेटिएका तीन लटका १६ लाख ३० हजार मात्रा खोपको प्रयोगमा रोक लगाएको थियो ।
यी सबै खोप स्पेनी कारखानामामा बनेर आएका थिए । खोप अज्ञात वस्तुहरु पाइएको जानकारी जापानमा मोडेर्नाको खोप विक्री वितरणको जिम्मा पाएको घरेलु फर्मा कम्पनी ताकेदा फर्मास्युटिकल कम्पनीले पाएको एक हप्ता भन्दा बढी समयमा खोप प्रयोगमा रोक लगाइएको थियो । प्रभावित खोपहरु ३००४६६७, ३००४७३४ र ३००४९५६ लटका पाइएको थियो । पछिल्लो समय प्रभावित खोपको लट भने मन्त्रालयले सार्वजनिक गरेको छैन ।