मोडेर्नाको १६ लाख ३० हजार मात्रा खोपको प्रयोग रोकियो

भदौ १०, टोकियो । जापानले अमेरिकी फर्मा कम्पनी मोडेर्नाको कोभिड–१९ विरोधी खोपको १६ लाख ३० हजार मात्राको प्रयोगमा रोक लगाएको छ ।  घरेलु स्तरका केही बृहत् खोप केन्द्रहरुमा खोपको प्रयोग नभएका भाइलहरुमा बाह्य वस्तु भेटिएको भन्ने खबर आएको एक हप्ताभन्दा बढी समय बितिसकेपछि सो निर्णय गरिएको हो । सावधानी अपनाउन सोही प्रडक्शन लाइनमा उत्पादन गरिएका करीब १६ लाख ३० हजार मात्रा खोपको प्रयोग अहिलेको लागि आफूले स्थगित गरेको जापानमा मोडेर्नाको खोप विक्री वितरणको जिम्मा पाएका जापानी औषधि निर्माता कम्पनी ताकेदा फर्मास्युटिकल कम्पनीले बताएको हो ।  पछिल्लो समस्याका कारण सुरक्षा समस्या देखिन्छ कि देखिदैंन भनेर हेर्न भने बाँकी नै रहेको मन्त्रालय र कम्पनीले बताएका छन् । मन्त्रालयका अनुसार मोडेर्नाले यस मामिलामा अनुसन्धान गर्ने वाचा गरेको छ ।  ताकेदाले मोडेर्नालाई पनि आकस्मिक अनुसन्धानको लागि अनुरोध  गरेको छ । असामान्य देखिएका खोपको कुनै पनि मात्रा प्रयोग नगर्न ताकेदाले स्वास्थ्य संस्था तथा अन्य निकायहरुलाई अनुरोध गरेको छ ।यस घटनाले देशमा कोरोना भाइरस विरोधी खोपको उपलब्धतामा पर्ने प्रभाव रोक्न प्रयास गरिने ताकेदाले बताएको छ । आईची, गिफु, इबाराकी, साइतामा र टोकियोमा खोपका ३९ भाइलमा बाह्य वस्तु पुष्टि भएका थिए । यी खोप स्पेनको कारखानामा उत्पादन गरिएको र सोही कारखानामा सोही समयमा १६ लाख ३० हजार मात्रा उत्पादन गरिएको र यी खोपहरु ३००४६६७, ३००४७३४ र ३००४९५६ लटमा पर्ने पनि बताइएको छ । सो लटका खोपहरु देशभरका करीब ८६३ खोप केन्द्रमा वितरण गरिएको छ । मन्त्रालयले हरेक केन्द्रलाई यिनीहरुको प्रयोग नगर्न अनुरोध गरेको छ । सम्बन्धित व्यक्तिहरुले प्रभवित खोप हो कि होइन भनेर जाँच्न सकुन् भनेर मन्त्रालयले लट नम्बर सार्वजनिक गरेको हो । जापानले मे महीनामा अनुमति दिएयता मोडेर्नाका १ करोड मात्राभन्दा धेरै खोप प्रयोग गरिसकेको छ । सरकारले कम्पनीसँग ५ करोड मात्रा खोपको लागि सम्झौता गरेको थियो । हाल १२ वर्ष वा सोभन्दा बढी उमेरकालाई मोडेर्नाको खोप लगाइरहेको छ । एजेन्सी 

सम्बन्धित सामग्री

जनप्रतिनिधि र कर्मचारीले नै तिरेनन् सहकारीको ऋण

काठमाडौं । गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीमा रहेको मञ्जुश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट लिएको ऋण जनप्रतिनिधि, पूर्वसञ्चालक, पूर्वकर्मचारीले समयमै नतिर्दा बचतकर्ता समस्यामा परेका छन् । नगरपालिकाको वडा नं ६ का वडाध्यक्ष नवराज लामा सहकारीको सचिव भएका बेला विसं २०६९ असोज १६ मा श्रीमती राधा राईका नाममा रु १६ लाख ३० हजार दुई सय ८६ ऋण […]

जनप्रतिनिधि र कर्मचारीले नै तिरेनन् सहकारीको ऋण

गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीमा रहेको मञ्जुश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट लिएको ऋण जनप्रतिनिधि, पूर्वसञ्चालक, पूर्वकर्मचारीले समयमै नतिर्दा बचतकर्ता समस्यामा परेका छन् । नगरपालिकाको वडा नं ६ का वडाअध्यक्ष नवराज लामा सहकारीको सचिव भएका बेला विसं २०६९ असोज १६ मा श्रीमती राधा राईका नाममा रु १६ लाख ३० हजार दुई सय ८६ ऋण लिएका थिए । लामाले लिएको ऋणको अवधि विसं २०७० असोज १५ मा सकिए पनि अझैसम्म ऋण तिरेका छैनन् । लामा विसं २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट वडा सदस्य

गाेसाईकुण्ड गाउँपालिकाकाे बजेट ३९ कराेड १६ लाख

रसुवा। जिल्लाकाे गाेसाईकुण्ड गाउँपालिका काे आर्थिक वर्ष २०७९/८० का लागि वजेट ३९ कराेड १६ लाख ३० हजार रूपैयाँ पारित गरी शिक्षा, स्वास्थ ,पूर्वाधार लगायत पर्यटन क्षेत्र लाई प्राथमिकता दिईने भएको छ। शुक्रबार ११ अैा गाउँ सभामा पालिका उपाध्यक्ष प्रतिमा तामाङले वजेट प्रस्तुत गर्दै गाेसाईकुण्ड गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० काे नीति तथा कार्यक्रम मा शिक्षा,स्वास्थ्य,खानेपानि,पुर्वाधार […]

सारेगमप लिटल च्याम्प विजेता कृपा भन्छिन्, ‘भोटिङका लागि खासै खर्च गर्नुपरेन’

नेपालमा पहिलो पटक आयोजित सारेगमप लिटल च्याम्प नेपालको उपाधि कृपा पौडेलले हात पारेकी छिन् । शनिबार अबेर राती सम्पन्न प्रतियोगितामा अन्तिम पाँच प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधिसँगै नगद १६ लाख जितेकी छन् । शो नोवर्डी प्रोडक्सनले भारतको जी ग्रुपसँग फ्रेन्चाइजी लिएर नेपाल भित्राएको प्रतियोगितामा देश विदेशका ३० हजार भन्दा वढी डिजिटल र फिजिकल अडिसनमा प्रतिस्पर्धी सहभागी थिए । सहभागी मध्येबाट मेगा अडिसनमा छानिएका ६० जनाबाट ग्राण्ड अडिसनमा ३५, १५ र उत्कृष्ट ५ छानिएका थिए । प्रस्तुत छ, उपाधि विजेता क

बैंककै कर्मचारीको मिलेमतोमा १६ लाख चोरी : चार जना पक्राउ

काठमाण्डाै - बैंककै कर्मचारीको मिलेमतोमा एनआईसी एसिया बैंकको लाखौँ रुपैयाँ चोरी भएको पाइएको छ । महानगरीय प्रहरी परिसर काठमाण्डौका अनुसार बैंकको नगद सङ्कलक काठमाण्डौको काँडाघारी बस्ने प्रदीप खत्रीसहित चार जना पक्राउ परेका छन् । खत्रीले काठमाण्डौ महानगरपालिका–१० को कार्यालयबाट १२ लाख ४५ हजार र मेट लाइफ इन्योरेन्स शान्तिनगरबाट तीन लाख पचासी हजार गरी १६ लाख ३० हजार रुपैयाँ बैंकमा दाखिला गर्न जाने क्रममा लुटपाट भएको सूचना प्रहरीलाई दिएका थिए । सूचनाका आधारमा प्रहरी वृत्त बानेश्वर र महानगरीय...

बैंकका कर्मचारीकै योजनामा यसरी लुटियो १६ लाख

काठमाडौं : एनआईसी एसिया बैंकको बानेश्वर शाखाबाट लुटिएको भनिएको १६ लाख रकम बैंककै कर्मचारीको मिलेमतोमा गायब पारिएको खुलेको छ।रकम संकलन गर्न हिँडेका कर्मचारीकै योजनामा सो बैंकको १६ लाख ३० हजार रुपैयाँ गायब पारिएको प्रहरीको अनुसन्धानबाट खुलेको हो। घटना पुस १८ गतेको हो।सो रकम लुटपाटमा संलग्न बैंकका कर्मचारीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक सुदीप गिरीका अनुसार पक्राउ पर्नेमा एनआईसी एसिया बैंकका कर्मचारी २७ वर्षीय प्रदीप खत्री,

कर्मचारीकै योजनामा बानेश्वरको एनआईसी एसिया बैंकको १६ लाख लुटपाट, ४ जना पक्राउ

एनआईसी एसिया बैंकको बानेश्वर शाखाका कर्मचारीको योजनामा सो बैंकको १६ लाख ३० हजार लुटपाट भएको छ । पुस १८ मा काठमाडौँ महानगरपालिका–३१ स्थित युनिग्लोब कलेज अगाडीबाट सङ्कलन गरेर ल्याउँदै गरेको रकम लुटिएको थियो । सो लुटमा संलग्न चार जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख (एसएसपी) सुदीप गिरीले रातोपाटीलाई बताए ।पक्राउ पर्नेमा एनआईसी एसिया बैंकका कर्मचारी २७ वर्षीय प्रदीप खत्री, सिन्धुपाल्चोकगढी नगरपालिका–६ साँगाचोक घर भएका २४ वर्षीय विमल तामाङ, रामेछापको रामेछाप नगरपाल

जापानमा १६ लाख मोडर्नाको खोप दूषित

जापानमा १६ लाख ३० हजार डोज मोडर्नाको खोप खेर गएको छ । मोडर्नाको खोपको भाइल दूषित भएको पाइएपछि करिब १६ लाख ३० हजार खोप उपयोगमा नल्याइने भएको जनाइएको छ । औषधी निर्माता टाकेडा र स्वास्थ्य मन्त्रालयले मोर्डनाको प्रयोगमा नल्याइएको भाइलमा दूषित पदार्थ पाइएको जनाएको छ । मोर्डनाको खोपको बजारको जिम्मेवारी पाएको टाकेडाले एक वक्तब्य जारी गरी लेखेको छ, “नखुलेको खोपको भाइलमा दूषित पदार्थ पाइएको खोप केन्द्रबाट जानकारी आएको छ र स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा उक्त खोप नलगाउने निर्णयमा पुगेका छौं ।”